काठमाडौँ । सरकार र जेनजीबिचको सम्झौताको मस्यौदा (ड्राफ्ट) टुङ्गो लागेको छ । मंगलबार जेनजी प्रतिनिधि, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिबिच सम्झौताको मस्यौदा टुङ्गो लागेको जेनजी अभियन्ता सुदन गुरुङले जानकारी दिए ।
यससँगै सम्झौताको अन्तिम ड्राफ्टलाई अनुमोदन गरी हस्ताक्षरको लागि तयार पारिएको छ । विभिन्न चरणका छलफलपछि तयार पारिएको यो सम्झौतामा बुधबार अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर औपचारिक रूपमा हस्ताक्षर गरिने भएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर समारोहमा प्रधानमन्त्रीको उपस्थिति रहने बताइएको छ । यो सम्झौताको मुख्य उद्देश्य गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई औपचारिक र संस्थागत स्वरूप प्रदान गर्नु रहेको अभियन्ता बताउँछन् ।
जेनजीहरूले सरकारसमक्ष आफ्ना मागहरू समावेश गरी विभिन्न बुँदामा सम्झौताको माग गर्दै आएका थिए । यसअघि सरकार र जेनजी प्रतिनिधिहरूबिच सहमति हुन नसक्दा सम्झौतामा के–कस्ता विषयहरू समेट्ने भन्ने कुरा टुङ्गिएको थिएन ।
जेनजी अगुवा सुदन गुरुङ मंगलबार प्रधानमन्त्री कार्कीलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेका थिए ।
भेटमा गुरुङले सरकार र जेनजीबिच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका थिए । भेटमा गुरुङले जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीसँगको भेटमा सुदनसँगै काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेन पनि सहभागी थिए ।
सम्बन्धित खबर
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्छः राप्रपा
एमालेको ११ औं महाधिवेशन शनिबारदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?
निर्वाचन आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला