नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ महाधिवेशन शनिबारदेखि भक्तपुरमा सुरु हुँदैछ । शुक्रबार गरिएको पत्रकार सम्मेलनमा महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाइयो ।
महाधिवेशन भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी खुल्ला मैदानमा हुनेछ । मङ्सिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उदघाटन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
पत्रकार सम्मेलनमा पार्टी स्थायी कमिटी सदस्य एवं स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालले महाधिवेशनलाई सभ्य अनि भव्य पार्न पाँंच सय स्वयमसेवक परिचालन हुने जनाए । उनीहरु सबै पोशाकमा रहने उनले बताए । त्यसमा पार्टीका विभिन्न कमिटीका पदाधिकारीहरु रहने उनले जानकारी गराए । साथै उनीहरुमा पनि दश जना बराबर एकजना कमाण्डरको व्यवस्था रहेको उनले जानकारी गराए । साथै महाधिवेशनलाई थप व्यवस्थित गर्न अरु सामान्य १० हजार स्वयमसेवकहरु परिचालित हुने उनले जनाए ।
पत्रकार सम्मेलनमा पार्टी जनपरिचालन समितिका संयोजक डा.राजन भट्टराईले महाधिवेशनमा देशभरबाट तीन लाख जनसमुदाय सहभागी हुने दावी गरे । महाधिवेशन उदघाटनअघि पूर्वका लागि भक्तपुरको जगाती र पश्चिमका लागि गठाघरबाट जुलुश सुरु भई महाधिवेशनस्थल सल्लाघारी पुग्ने उनले जनाए । महाधिवेशनस्थल पुग्न दुईदुई किलोमिटर परबाट पैदल जुलुश सुरु भई महाधिवेशनस्थलको उदघाटन सत्रमा पुग्ने योजना बनाइएको उनले जनाए ।
यसअघि पश्चिमतिरको काठमाडौं कोटेश्वरदेखि गाडीमा आएकाहरु ग्ठाघरमा ओर्लने र पूर्वतिरबाट गाडीबाट आएकाहरु जगातीमा ओर्लेर जुलुशमा सहभागी गराउने योजना बनाइएको उनले बताए । पूर्वतिरका गाडी पार्किंगका लागि भक्तपुरकै नंखेलको भाइरल प्लानिंग र पश्चिमतिरका लागि मध्यपुर थिमिको खुल्ला चौरमा पार्किंगको व्यवस्था मिलाइएको उनले बताए । जुलुशमा दैशैभरिका दुई सय भेषभुषाका झाकीसहितको टोली सहभागी हुने र उनीहरु कार्यक्रम उदघाटनस्थलसम्म पुगी उदघाटनस्थलमै पनि झाँंकी प्रदर्शनमा रहने जनाइयो ।
महाधिवेशनमा समय अभावका कारण विदेशी मुलुकका प्रतिनिधिहरुलाई नबोलाइएको बताइयो । उनीहरुको लिखित सन्देश आउने बताइयो । महाधिवेशनमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १६ दलका प्रमुखहरुलाई निमन्त्रण गरिएको र उनीहरु सहभागी हुने जनाइयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका मित्र पार्टीका पार्टी अध्यक्षहरु सम्मेलनमा उपस्थित भई शुभकामना मन्तव्य दिनुहुने कार्यक्रम रहेको छ ।
पार्टी पोलिटव्युरो सदस्य एवं मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले २१ गतेबाट मञ्च बनाउन सुरु गरी शुक्रबार रातिसम्ममा सकाउने योजना रहेको जानकारी गराए । दिउँंसो भएको पत्रकार सम्मेलनमा उनले भने, अहिलेसम्म ९० प्रतिशत काम सकिएको छ।
पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनस्थलमा बस्न मिल्ने गरी दुई हजार कुर्सी राखिएको जानकारी गराए । ती कुर्सीहरुमा एमालेसहित विभिन्न दलका शीर्ष नेता, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी हुने व्यवस्था मिलाइने जनाइएको छ । यी ठाउँंहरु बार राखेर सर्वसाधारण प्रवेश गर्न नमिल्ने गरी सुरक्षा व्यवस्था कडा बनाइएका छन् ।
उदघाटनस्थल विश्व सम्पदा सूचिमा परेको चाँगुनारायण मन्दिरको स्थापत्य झल्किने गरी निर्माण गरिएको छ । भक्तपुरसहित उपत्यकाका ऐतिहासिक–सांस्कृतिक सम्पदाको पहिचानलाई मञ्चमा समेटिने गरी मल्लकालीन शैलीमा मञ्च निर्माण गरिएको छ । मञ्चको दायाँ–बायाँ हिमालको आकृति बनाइएको छ । साथै पार्टी अध्यक्ष केपी शर्मा ओलीको अग्लो पूर्ण आकाडको तस्वीर पनि छ । साथसाथै सानोमा भक्तपुरको पाँंचतल्ले मन्दिरको फोटो पनि राखिएको छ । कार्यक्रमस्थल वरिपरि अस्थायी शौचालय बनाइएको छन् । प्रवेशद्वार तथा आवश्यक अन्य संरचनाहरू आकर्षक रुपमा बनाइएको छ ।
चाँगुनारायण मन्दिरको आभास दिनेगरी निर्माण भइरहेको मुख्य मञ्च बाहिरबाट हेर्दा नै आकर्षक देखिने र मञ्चबाट उभिएर मन्तव्य दिँदा मन्दिरको सिँढीमै उभिएको अनुभूति हुनेगरी विशेष डिजाइन गरिएको बनाइएको छ । मञ्चमा नेवारी कला–संस्कृति झल्कने दृश्य, प्रतीक तथा सजावटका संरचनाहरू राखिने जनाइएको छ । त्यस्तै उदाटनका दिन झाँकी प्रदर्शन गर्ने गेट, प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूका लागि छुट्टै प्रवेशद्वार र सर्वसाधारणका लागि पृथक् गेट निर्माण गरिएको छ ।
महाधिवेशनस्थल पहिचानलाई सजिलो बनाउन विभिन्न स्थानमा ब्यानर, पार्टी झण्डा राखी प्रचार–प्रसार गरिएका छन् ।
सम्बन्धित खबर
दुर्गा प्रसाईं फेरि पक्राउ
मुकुलको प्रश्न : ‘भोलि बालेन्द्र प्रधानमन्त्री हुँदा कोही संसद् भवन जलाउन आए प्रहरीले के गर्छ?’
चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
जेनजी अभियन्ता तनुजाका ९ प्रश्न: शान्तिपूर्ण प्रदर्शनको दिशा कसले बदल्यो? सिंहदरबार जलाउन कसले उक्सायो?
मतदानमा दुई लाख २१ हजार कर्मचारी खटिँदै
कार्की नेतृत्वको आयोगको प्रतिवेदन फागुन २२ भित्रै सार्वजनिक गर्न जेनजी फ्रन्टको माग
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस