नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले निर्धारित समयमा चुनाव गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।
शुक्रबार स्याङ्जामा आयोजित जिल्ला स्तरीय एकता सन्देश सभामा सम्बोधन गर्दै उनले आगामी फागुन २१ गते निर्धारण गरेको प्रतिनिधिसभा निर्वाचन तोकिएको समयमै हुन सके मात्र विदेशी हस्तक्षेप घट्ने र विकासले गति लिने धारणा राखेका थिए ।
श्रेष्ठले चुनाव पूर्व मुलुकभर रहेका फरार कैदीबन्दी र लुटिएका हतियार राज्यको नियन्त्रणमा ल्याउनुपर्ने र सुरक्षाकर्मीले निष्पक्ष र सुरक्षित वातावरण सिर्जना गर्न सक्ने सुनिश्चितता आवश्यक रहेको बताए ।
भ्रष्टाचारलाई देशको मुख्य शत्रु भन्दै उनले “भ्रष्टाचारीमाथि कडा कारबाही गर्न नसके मुलुक अगाडि बढ्न सक्दैन” भन्ने तर्क व्यक्त गरेका थिए । जेनजी आन्दोलन समेत भ्रष्टाचारविरुद्धको जनचेतनाबाट उठेको आन्दोलन भएको उनको भनाइ थियो ।
कम्युनिस्ट पार्टीहरूबीच भइरहेको एकता चुनाव जित्ने लक्ष्यका लागि मात्र नभई दीर्घकालीन राजनीतिक रूपान्तरणका उद्देश्यसहित अघि बढेको उनले स्पष्ट पारेका थिए । शान्तिपूर्ण प्रतिस्पर्धाबाट समाजवादी क्रान्ति सम्भव हुने उल्लेख गर्दै उनले सरकार, संसद् र सडक—तीनै मोर्चाबाट नागरिक समर्थन जुटाउन सकिने धारणा राखेका थिए ।
उनले एमाले–माओवादी एकताको स्मरण गर्दै ६० प्रतिशत वाम शक्ति व्यक्तिगत सोचका कारण कमजोर बनेको टिप्पणी गरे । मुलुकमा ठूलो राजनीतिक परिवर्तन भए पनि गुणात्मक फड्को मार्न नसकिएको स्वीकार गर्दै उनले धेरै काम भएको तर अपेक्षित उपलब्धि नआएको बताए ।
कार्यक्रममा स्थायी समिति सदस्य तुलबहादुर गुरुङले गरिब र श्रमिकका लागि गर्नुपर्ने काम अझै अधुरो रहेको बताए । उनले जेनजी आन्दोलनले सबै दलको कार्यशैलीलाई चुनौती दिएको बताएका थिए । त्यस्तै, अमृता थापाले “कम्युनिस्टहरू एक हुन सक्दैनन्” भन्ने धारणा क्रमशः कमजोर बन्दै गएको बताइन् ।
कार्यक्रममा केन्द्रिय सदस्य गायत्री गुरुङ, शैलेन्द्र घिमिरे, अमरनाथ शर्मा, ताज मोहम्मद मियाँ, शर्मिला पौडेल, कल्पना अर्याल, ज्ञानु आचार्य, वाईसिएल उपाध्यक्ष हरि ढकाल, अनेरास्ववियू उपाध्यक्ष मेघनाथ चापागाई, अनेरास्ववियू (क्रान्तिकारी) उपाध्यक्ष मदन ढकाल लगायतले पनि मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
मुकुलको प्रश्न : ‘भोलि बालेन्द्र प्रधानमन्त्री हुँदा कोही संसद् भवन जलाउन आए प्रहरीले के गर्छ?’
चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
जेनजी अभियन्ता तनुजाका ९ प्रश्न: शान्तिपूर्ण प्रदर्शनको दिशा कसले बदल्यो? सिंहदरबार जलाउन कसले उक्सायो?
मतदानमा दुई लाख २१ हजार कर्मचारी खटिँदै
कार्की नेतृत्वको आयोगको प्रतिवेदन फागुन २२ भित्रै सार्वजनिक गर्न जेनजी फ्रन्टको माग
रविप्रति गगनको कटाक्ष ‘नक्कली शरणार्थीको कागज बनाएर मस्ती मारिरहेकाहरू देश बनाउँछु भन्दै नाटक गर्दैछन्’
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस