काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा एमालेले राष्ट्रिय स्वाधिनतामा लिएको अडानै कारण चौतर्फी हमला भएको बताएका छन् ।
नेकपा एमालेको ११ औं महाधिवेशनमा पार्टीको तर्फबाट शुभकामना दिँदै उनले भने–‘हामीले बुझेका छौं, प्रष्ट छौं एमालेलाई भयंकर ठूलो हमला भएको छ, एमालेले राष्ट्रिय स्वाधिनतामा लिएकौ अडानै कारण यो हमला भएको हो भन्ने कुरामा कोही अलमलिनुपर्दैन, होलान् धेरै कमजोरी एमालेभित्र तर त्यो विषय फरक हो, अहिलेको हमला साम्रराज्यवादीको योजनामा भएको हो । यो एमालेले मात्रै होइन सबैले बुझ्न जरुरी छ ।’
एमाले नेताहरुले भन्दा बढी तर्कपूर्ण तरिकाले विप्लवले आजको महाधिवेशनले थुप्रै प्रश्नहरुको जवाफ दिएको बताए ।
‘यस्तो विध्वंशपछि एमाले कहाँ छ, कस्तो अवस्थामा छ भन्ने जटिल प्रश्न थियो, एमालेले त्यो जवाफ आजको सभाले दिएको छ, नेपाली जनताले मात्र होइन नेपालप्रति गिद्देदृष्टि राख्नेहरुले जवाफ पाएका छन्, दलहरुले देश संहाल्नसक्छन् भन्ने सन्देश हो यो सहभागिता’ उनले भने–‘धेरैले प्रश्न उठाएका थिए कम्युनिष्टहरु अब देशमा सकिए, अब दलहरुले पार लगाउन सक्दैनन्, नेतृत्व गर्न सक्दैनन् भन्ने तर आजको यो विशाल सहभागिताले त्यो जवाफ दिएको छ, यो स्वदेशीलाई मात्रै होइन संसारभरलाई ठूलो सन्देश दिएको छ ।’
महासचिव विप्लवले नेपालमा विवाद भड्काएर आफ्नो चाहना पूरा गर्ने विदेशी दलालहरुलाई कम्युनिष्ट सकिन्छन् भन्नेहरुले यो सहभागिताको पक्कै हिसाबकिताब गरेको भन्दै एमालेको निकै प्रशंसा गरेका छन् ।
उनले अहिले देशमा अवैधानिक र अनौठो सरकार रहेको बताए । ‘देशमा अनौठो सरकार छ न आन्दोलनकारी सहभागी छ न कानुन र संविधान अनुसारको सरकार छ, अहिले अवैधानिक सरकार छ, कठपुतली सरकार छ, अब सर्वपक्षीय दलहरुको सरकारबाट नै चुनावमा जानुको विकल्प छैन ।’ उनले भने ।
नेता विप्लवले एमालेसँग आन्दोलनमा सहकार्य गर्न, स्वाधिनताका लागि साथ दिन तयार रहेको बताउँदै महाधिवेशनले कम्युनिष्ट आन्दोलनको एकताको प्रस्ताव हुनुपर्ने र ००६ सालको जस्तै कम्युनिष्ट पार्टी बनाउने संकल्प महाधिवेशनले संकल्प गरोस् भन्ने शुभकामना दिए ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण