काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुनियाँले लखेटेर सत्तोसराप गरेका बेला आफ्नो पार्टीभित्र वरिपरिका साथीहरूबाट माया पाउनुपर्नेमा नेतृत्व छाड भनेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राखेका कुराको जवाफ दिँदै ओलीले आफ्नो निरन्तरताले पार्टी ध्वस्त पर्न सक्छ भन्ने पोखरेलको दाबीमा सहमत हुन नसकिने बताए । उनले आफूले पार्टी, देश र जनताको शीर निहुरिने काम कहिल्यै नगरेको दाबी गरे ।
ओलीले भने- दुनियाँ विरोधीहरुले लखेटेर अरू कोही नपाए जसरी केप ओली एक्लो व्यक्तिलाई गालीगलौज, सत्तोसराप गरेका बेला मेरा वरिपरिका प्रिय कमरेडहरुले झन् माया गर्नुपर्ने होइन ? डोकोमा हालेर फाल्छौं भनेर त कहाँ हुन्छ र ।
आफू १८ घण्टा खटेर काम गर्ने अवस्थामा अहिले पनि रहेको भन्दै ओलीले आफ्नो नेतृत्वमा सबै मिलेर सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव समेत राखे । ओलीले जेनजी आन्दोलन र विध्वंसबारे विरोधीहरूले बनाएको भाष्य एमालेले स्वीकार नगर्ने समेत प्रष्ट पारे ।
ओलीले भने- कुसमयमा मलाई फाल्न डोको खोजिन्छ भने फेरि साथीहरूले ईश्वर कमरेड डोको फिर्ता लैजाऊँ है, तपाईँलाई पनि फाल्नुपर्छ भन्छन् । मेरो तर्फबाट घच्चमच्च भएको छ भने सरी ।
सम्बन्धित खबर
पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा
एमाले ११औं महाधिवेशन: निर्वाचनको नतिजा भोलि मात्रै आउने
निर्णायक क्षणमा प्रदीप ज्ञवालीले भने : ओली नेतृत्वको टिमलाई विजय गराऔँ, म त्यहीँ रहन्छु
एमाले महाधिवेशन: नेतृत्व चयनका लागि आज मतदान
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?