काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुनियाँले लखेटेर सत्तोसराप गरेका बेला आफ्नो पार्टीभित्र वरिपरिका साथीहरूबाट माया पाउनुपर्नेमा नेतृत्व छाड भनेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राखेका कुराको जवाफ दिँदै ओलीले आफ्नो निरन्तरताले पार्टी ध्वस्त पर्न सक्छ भन्ने पोखरेलको दाबीमा सहमत हुन नसकिने बताए । उनले आफूले पार्टी, देश र जनताको शीर निहुरिने काम कहिल्यै नगरेको दाबी गरे ।
ओलीले भने- दुनियाँ विरोधीहरुले लखेटेर अरू कोही नपाए जसरी केप ओली एक्लो व्यक्तिलाई गालीगलौज, सत्तोसराप गरेका बेला मेरा वरिपरिका प्रिय कमरेडहरुले झन् माया गर्नुपर्ने होइन ? डोकोमा हालेर फाल्छौं भनेर त कहाँ हुन्छ र ।
आफू १८ घण्टा खटेर काम गर्ने अवस्थामा अहिले पनि रहेको भन्दै ओलीले आफ्नो नेतृत्वमा सबै मिलेर सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव समेत राखे । ओलीले जेनजी आन्दोलन र विध्वंसबारे विरोधीहरूले बनाएको भाष्य एमालेले स्वीकार नगर्ने समेत प्रष्ट पारे ।
ओलीले भने- कुसमयमा मलाई फाल्न डोको खोजिन्छ भने फेरि साथीहरूले ईश्वर कमरेड डोको फिर्ता लैजाऊँ है, तपाईँलाई पनि फाल्नुपर्छ भन्छन् । मेरो तर्फबाट घच्चमच्च भएको छ भने सरी ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा