नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि मतदान जारी रहेको छ।
नयाँ नेतृत्व चयन गर्न भृकुटीमण्डपमा प्रतिनिधिहरू लाइन बसेका छन्। केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अध्यक्ष पदका उम्मेदवारद्वय अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरिसकेका हुन्।
दुई लाइनमा मतदान भइरहेको छ। ३०१ केन्द्रीय सदस्यका लागि ६६० जनाले उम्मेदवारी दर्ता गरेका छन्।
बिहान ९:२० बजे सुरु भएको मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएका छन्।
एक जना व्यक्तिलाई मतदान प्रक्रिया पूरा गर्न करिब २० मिनेट लाग्ने गरेको छ। यसरी आधा घण्टामा ८० वटा विद्युतीय भोटिङ मेसिनमार्फत ८० वटा मतदान हुने गरेको छ।
एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार कुल २ हजार २६३ मतदातामध्ये मतदान प्रक्रियामा प्रतिनिधिहरूको सहभागिता उत्साहपूर्ण देखिन्छ।
गौतमले भने, ‘मतदान अत्यन्तै सकारात्मक र व्यवस्थित ढंगले अगाडि बढिरहेको छ। निष्पक्ष र भयरहित वातावरणमा मतदाताले आफ्नो नेता छान्ने पाउने अधिकारको सुनिश्चितता गरिएको छ।’
उनका अनुसार मतदान प्रक्रिया पूर्ण रूपमा सकिन साढे ८ घण्टाभन्दा लामो समय लाग्ने देखिएको छ। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरिने उनको भनाइ छ। गौतमले आज राति १० बजे अगावै अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी रहेको बताए।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण