आफूलाई जेन जी आन्दोलनको स्टेक होल्डर दावी गर्ने ‘हामी नेपाल’ (एनजिओ)का संस्थापक सुदन गुरुङको गतिविधि र अभिव्यक्तिले वैचारिक चेत राख्ने जेनजी युवाहरु सशंकित हुन थालेका छन् ।
८० वर्षसम्म नभएको परिवर्तन २४ घण्टामा ल्याएको दावी गर्ने गुरुङले आफूखुशी संसद पुनस्थापनाका शर्तहरु राख्न थालेपछि अन्य जेनजी युवाहरु तर्सिएका हुन् । कतिसम्म भने, गुरुङलाई जेनजी नेता मान्दै आएका युवाहरु नै यतिबेला झसङ्ग भएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको ‘जेठो छोरो’ भनिएका गुरुङले हिजो एक टेलिभिजन अन्तर्वार्तामा तत्कालीन प्रधिनिधिसभामा कायम सदस्यको संख्या (२७५)लाई ३० प्रतिशत मानेर राजनीतिक दलहरु ७० प्रतिशत सदस्य थप्न तयार भए संसद पुनःस्थापना गर्न सकिने बताएका थिए ।
७० प्रतिशत मध्येमा पनि सबै आफूले सिफारिस गरेका उम्मेद्वारलाई प्रतिनिधिसभा सदस्य मनोनित गरिनुपर्ने उनको आशय थियो । आफूहरुको माग सम्बोधन नभए फागुन २१ मा चुनाव हुन नदिने सार्वजनिक उद्घोष गरेका गरेका गुरुङले यसरी आफूलाई ‘गेम चेन्जर’को रुपमा प्रस्तुत गर्न थालेको पृष्ठभूमिमा अन्य जेनजी युवाहरुले विरोध जनाउन थालेका हुन् ।
जेनजी अगुवा तनुजा पाण्डेले गुरुङलाई अब आफ्नो कार्यक्षेत्रमा फर्किन सल्लाह दिएकी छन् । आफ्नो स्वार्थ पुरा गर्न जेनजीको नाम नबेच्न पाण्डेको चेतावनी छ ।
‘अरु आलोचना गर्नुभन्दा पहिले आफ्नै व्यवहारमा आत्म‑विश्लेषण गर, पछिल्ला तीन महिनामा तिम्रो अस्थिर र असंगत कदमले देश र हाम्रो आन्दोलनलाई कति क्षति पुर्यायो भन्ने बुझ’, उनले गुरुङलाई भनेकी छन्, ‘तिमीलाई चाहिएको बेला संसद् भत्काउने र नचाहिएको बेला पुनःस्थापना गर्ने, घरी चुनाव गर्ने, घरी चुनाव नगर्ने मनपरी स्वीकार्य छैन, खबरदार, नेपाल कसैको प्रयोगशाला होइन, व्यक्तिगत एजेन्डा अघि सार्न सहिद र जेनजी को नाम बेच्ने काम तुरुन्त बन्द गर।’
अब मुलुकलाई निकास दिने अन्तिम विकल्प भनेकै आगामी चुनाव रहेको बताएकी पाण्डेको संसद पुनःस्थापनाको कल्पना समेत गर्न नसकिने तर्क छ ।
‘७० प्रतिशत सिट माग्ने व्यक्तिले त्यसको गम्भीरता बुझ्न आवश्यक छ, त्यो सिटका लागि योग्य हुन पनि जरुरी छ, अरूमा क्षमता खोजिरहँदा आफ्नै क्षमता नहेर्नु भनेको पूर्ण पाखण्ड हो’, गुरूङलाई पाण्डेको सल्लाह छ, ‘अब केही समय विश्राम लिनुहोस्, जुन क्षेत्रमा तपाईंको दक्षता छ, त्यसमै केन्द्रित हुनु बुद्धिमानी हुनेछ, गम्भीर राजनीतिक विषयमा तपाईंका बढ्दो टिप्पणीहरू देशको शान्तिका लागि चिन्ताजनक बन्दै गएका छन्।’
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु