नेकपा एमालेको ११ औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरे।
ओली आफू सुरक्षित भए पनि पदाधिकारीमा भने आफ्नै पक्षको वर्चस्व कायम गर्न चुनौती थियो। नेतृत्वमा ओलीलाई स्वीकारे पनि दोस्रो र तेस्रो तहका नेताहरूको परस्पर प्रतिस्पर्धा, गुटभित्रका उपगुटबन्दी, परस्पर मतभिन्नता जस्ता कुरा कारण मुख्य थिए।
मनोनयनको मुखमा ओलीलाई यी सबै कुरा मिलाउन यस पटक निकै कठिन भएको देखियो। तैपनि उनले सकभर मिलाए। एकाधबाहेक धेरै ठुलो विद्रोह पनि भएन। यद्यपि आउने नतिजामा भने तमाम संशय बाँकी थिए। मुख्यतः महासचिव पदमा भिडेका शंकर पोखरेल नै हार्न सक्ने अनुमान बाक्लै भइरहेका थिए।
बिहीबार नतिजा आइसकेको छ। १९ पदाधिकारीमध्ये ओली पक्षका १७ जना निर्वाचित भएका छन्। ओली पक्षले थापेको ‘माखे साङ्लो’बाट ईश्वर पोखरेलको टिमका नेता गोकर्ण विष्ट उपाध्यक्षमा र उपमहासचिवमा योगेश भट्टराई फुत्किएर जित निकालेका छन्।
यो जित हारमा सबैभन्दा बढी चोट पूर्व उपमहासचिव रहिसकेका विष्णु रिमालमाथि परेको छ। योगेश जित्दा ओली पक्षबाट भिडेका विष्णु यस पटक उपमहासचिवमा हार्न पुगे।
तीन उपमहासचिव पदका लागि भएको निर्वाचनमा बाँकी दुई उपमहासचिवमा भने ओली पक्षकै लेखराज भट्ट र रघुवीर महासेठ जित्न सफल भए। रिमाल पराजित भए। लेखराजले एक हजार ४५२, रघुवीरले एक हजार ३६८ र योगेशले एक हजार ३४८ मत सहित जित निकाल्दा विष्णुको पक्षमा एक हजार ९१ मत मात्रै खस्यो।
विष्णु उपमहासचिवमा मात्रै हारेनन् केन्द्रीय सदस्यकै निर्वाचन पनि हारेका छन्। खुला केन्द्रीय सदस्य पदमा भिडेका उनले ६३० मत मात्रै पाए।
विष्णु रिमाल ओलीका भित्रिया नै मानिन्छन्। पछिल्लो पटक ओली प्रधानमन्त्री हुँदा उनी प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार नै थिए। यसर्थ उनको स्थान ओलीको कोटरीमा सबैभन्दा मुख्य नै मानिन्छ। यो अधिवेशन अन्य ओली पक्षका नेताका लागि फलिफाप नै देखिए पनि सबैभन्दा निकट विश्वास पात्रका लागि भने सबैभन्दा विर्सनलायक बनेको छ।
विष्णुको यो हारलाई कतिपयले उनकै स्वभावगत समस्या र कतिपयले अन्य नेताको प्रतिशोधपूर्ण नतिजा पनि भनिरहेका छन्। उनीमाथि ओलीलाई गलत ढंगले चलाएको आरोप लगाउनेहरू पनि छन्।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण