मुक्तिनाथ विकास बैंकले स्याङ्जाको भीरकोट नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्रीसहित विद्यालय पोशाक वितरण गरेको छ ।
बैंकले आधारभूत र माध्यमिक तहमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै कापी, कलमलगायत शैक्षिक सामग्री र ट्रयाकसुटसहितको पोशाक उपलब्ध गराएको हो । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भीरकोट सामिप्य सदनको अगुवाइमा सहयोग वितरण गरिएको बैंकले जनाएको छ ।
नगरपालिकाभित्रका आठ वटा विद्यालयका ४४ जना छात्र–छात्रालाई सामग्री वितरण गरिएको हो । दहथुम, भाग्योदय माध्यमिक विद्यालय, लक्ष्मी, सूर्यमुखी, बालवर्ष, पूर्ण दुर्गाभवानी आधारभूत विद्यालय तथा पब्लिक एकेडेमीमा अध्ययनरत विद्यार्थीले सहयोग पाएका छन् । वडा नम्बर २ र ७ का विद्यार्थीलाई दहथुम माध्यमिक विद्यालयमा तथा वडा नम्बर ६ र ८ का विद्यार्थीलाई भाग्योदय माध्यमिक विद्यालयमा सामग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा सामग्री वितरण गर्दै मुक्तिनाथ विकास बैंक क्षेत्रीय कार्यालय पोखराका प्रमुख बाबुराम ढकालले बैंकले विपन्न, जेहेन्दार र सामाजिक रूपमा अप्ठ्यारोमा परेका वर्गलाई निरन्तर सहयोग गर्दै आएको बताए । उनले शिक्षामा पहुँच बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे ।
बैंकले विगतदेखि नै विद्यालय तथा विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गर्दै सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको छ । पछिल्लो समय स्थानीय सुरक्षा निकाय प्रहरीसँगको सहकार्यमा सूचना प्रविधि र सचेतनामूलक कार्यक्रमलाई समेत सहयोग गरिरहेको बैंकले जनाएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला