काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफू अहिलेकै संविधान मानेर अघि बढ्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँग समानान्तर भेटवार्ता गरिरहेका उनी विभिन्न दलका नेता, जेनजी प्रतिनिधि र पूर्वविवेकशील साझाका नेताहरूसँग पनि ‘म्याराथन मिटिङ’ गरिरहेका छन्।
ती भेटवार्तामा सहभागीहरूका अनुसार बालेनले आफू संविधान र संघीयताको पक्षमा रहेको बताउने गरेका छन्।
फागुन २१ को निर्वाचनलाई लक्ष्य गर्दै नयाँ राजनीतिक समीकरण बनाउने तयारीमा लागेका बालेनले जेनजी प्रतिनिधिहरूसँगको छलफल क्रममा संविधान, संघीयता र प्रत्यक्ष निर्वाचित कार्यकारीबारे प्रश्न उठ्दा बालेनले नेपालका लागि संघीयता चाहिने र अहिलेकै संविधान ‘बेस्ट’ छ भन्ने धारणा राखेको जेनजी प्रतिनिधि रक्षा बमले बताइन्।
‘संघीयता चाहिन्छ। यो संविधान बेस्ट नै छ। कार्यान्वयन गर्नेहरूले गल्ती गरेकाले समस्या भएको हो,’ बुधबार र बिहीबारको भेटवार्ता क्रममा बालेनको भनाइ उद्धृत गर्दै बमले सेतोपाटीसँग भनिन्,’प्रत्यक्ष कार्यकारीको विषयमा पनि हाम्रो छलफल भएको थियो।
संविधान, संघीयता र प्रत्यक्ष कार्यकारीबारे बालेनको जबाफ सुनेपछि आफू विश्वस्त भएको उनले बताइन्।
बालेनले यसरी संघीयताको पक्षमा धारणा राखेको पहिलो पटक सुनिएको हो। विगतमा उनी संघीयताको सवालमा प्रस्ट थिएनन्। अघिल्लो आमनिर्वाचनमा उनले प्रतिनिधिसभातर्फ मात्र भोट हालेका थिए, प्रदेशसभाको त मतपत्र नै लिएनन्।
बालेन जेनजी लगायत सबै नयाँ शक्तिलाई ‘देश विकास पार्टी’ मार्फत जोडेर निर्वाचनमा भाग लिने तयारीमा छन्। उनले आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको ललितपुरको कुपण्डोलस्थित घरमा राजनीतिक छलफल गरेका हुन्। शुक्रबारबाट पार्टीको कार्यालय पनि खोलेका छन्।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा