काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएकी छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले शनिबार छलफल गर्न लागेकी हुन् ।
निर्वाचनको अन्तिम तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले शनिबार बालुवाटारमा शीर्ष नेताहरुसँग छलफल गर्न लागेको खरेलले जानकारी दिए ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा शीतल निवासमा प्रधानमन्त्री कार्कीसँग कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग छलफल गरेकी थिइन् ।
निर्वाचनको वातावरण बनाउन सरकारका प्रवक्ता खरेलले शुक्रबार देउवा, ओली र दाहालसँग उनीहरुकै निवासमा पुगेर छलफल गरेका थिए ।
तीन दलका शीर्ष तेतासँगको भेटवार्तापछि सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन तोकिएकै समयमा हुने र त्यसमा सबै राजनीतिक दलहरू सहभागी हुने स्पष्ट पारेका थिए । निर्धारित मितिमै प्रतिनिधिभा सदस्यको निर्वाचन गर्ने सरकारको चाहना र दृढता रहेकाले राजनीतिक दलहरुसँगको वार्ता र छलफललाई निरन्तर अघि बढाइरहेको जानकारी दिँदै उनले निर्वाचनको माहोल बनाउन, सर्वदलीय, सर्वपक्षीय र व्यक्तिगत रुपमा पनि सरकारले दलका कार्यालय नेताका घरदैलोमा गएर निर्वाचनको सुनिश्चितताका लागि पहलकदमी गरिएको उल्लेख गरेका थिए ।
सञ्चारमन्त्री खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन सरकारले पहल गरिरहेको छ । तीन ठूला दलका शीर्ष नेताले भेटकाक्रममा निर्वाचन हुनुपर्छ भन्ने स्पष्ट धारणा छ । त्यसैले फागुन २१ ग्ते निर्वाचन हुन्छ र सबै दल सहभागी हुन्छन् । कांग्रेसको तर्फबाट सभापतिले निर्वाचन प्राथमिकता हो पुनःस्थापना प्राथमिकता हैन भन्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजकले निर्वाचनको विकल्पै छैनन भन्नुभएको छ र एमाले अध्यक्षले पनि निर्वाचनका लागि वातावरण बनाउनुपर्छ भनेर चासो देखाउनुभएको छ ।’
सबै पक्षीय, सर्वदलीय र मुख्य राजनीतिक दलसँग संवाद र भेटघाट भएको बताउँदै खरेलले भने, ‘भेटका क्रममा दलको कार्यालय र नेताका घरमा पुगेर दल र नेता विशेषकाबीच वार्ता भएको छ ।’ वर्तमान सरकार निर्धारित मितिमै चुनाव गराउन प्रतिबद्ध रहेको जनाउँदै उनले सरकारको महत्वपूर्ण कार्य सुशासन र भ्रष्टाचार नियन्त्रणसँगै चुनाव गराउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारेका थिए ।
सम्बन्धित खबर
रवि, बालेन र कुलमानसँग कुनै हालतमा मिल्दिनँ: हर्क साम्पाङ
रवि र बालेन पक्षबीच शुक्रबार भएन सहमति, शनिबार फेरि छलफल हुने
प्रधानमन्त्री कार्कीले शनिबार बालुवाटारमा शीर्ष नेतासँग छलफल गर्दै
क्याम्पस पढाउन पनि अब लाइसेन्स आवश्यक
संघीयता चाहिन्छ, संविधान बेस्ट नै छ: बालेन
महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा
यो पनि पढौँ
पोखरा विमानस्थलमा ट्याक्सी चालकको दादागिरी, यात्रुसँग अभद्र व्यवहार गर्ने ५ जना कारबाहीमा
‘भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं’ – निजी विद्यालय सञ्चालक
फेवातालको सिमसार पुर्ने युवराज खतिवडालाई अभद्र व्यवहारको कसुरमा मुद्दा
पोखराको कृष्तिमा पुस १० मा सुन्तला महोत्सवको तयारी