काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो वरीयतामा बस्ने भएका छन् । रास्वपा सभापति रवि लामिछाने र बालेनबीच आइतबार बिहान ७ बुँदे सहमति भएको थियो । सहमतिअनुसार पार्टी, चुनाव चिह्न र झन्डा रास्वपाकै रहनेछ ।
रास्वपामा यसअघि ५० प्रतिशत आफ्नो पक्षका नेताहरू सहभागी गराउनुपर्ने लगायतका विषय बालेनको तर्फबाट अगाडि सारिएको थियो । लामिछानेले भने अहिले प्रतिशत भन्ने भन्दा पनि राम्रा मान्छेहरू सहभागी गराउनुपर्ने अडान लिएका थिए ।
त्यसपछि जेन-जी आन्दोलनमा सहभागी युवा तथा स्वच्छ छविका मानिसहरूलाई पार्टीमा सहभागी गराउनेबारे रवि र बालेनबीच सहमति भएको हो । रास्वपा र बालेनबीचको वार्तामा रास्वपाका तर्फबाट सहभागी शिशिर खनालले पार्टीको दोस्रो वरीयतामा बालेन रहने गरी सहमति भएको बताए ।
बालेनले अहिले कुनै पनि पद नमागे पनि पार्टीमा दोस्रो वरीयता हुने भएको हो । ‘पार्टी संरचनामा नयाँ, जेन-जी लगायतका युवाहरूलाई जोड्ने भन्ने छ । थप संरचना गठन हुनेछन् । बालेनले पद लिनुभएको छैन । उहाँले म केन्द्रीय समितिमा सदस्य मात्रै बस्छु भन्नुभएको छ । त्यो उहाँको सदासयता हो,’ खनालले भने, ‘त्यतिको नेतालाई पार्टीले सम्मानित पद दिनैपर्छ । उहाँ दोस्रो वरीयतामा बस्नुहुन्छ।’
बालेनलाई आगामी प्रतिनिधिसभा चुनावमा प्रधानमन्त्रीको उम्मेदवार तोक्ने र आगामी संसदीय दलमा दलको नेता घोषणा सहमतिपत्रमा नै उल्लेख गरिएको छ । त्यस्तो अवस्थामा पार्टीको दोस्रो वरीयतामा बालेन बस्नु स्वभाविक रहेको खनालको भनाइ छ । विगतमा कांग्रेस छोडेर स्वर्णिम वाग्ले पनि रास्वपा केन्द्रीय सदस्यका रूपमा नै संलग्न भएका थिए । हाल रास्वपामा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल र स्वर्णीम वाग्ले क्रमशः वरीयतामा छन् ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण