काठमाडौं : उर्जा मन्त्री कुलमान घिसिङलाई उपसभापति बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी तयार भएको छ। स्रोतका अनुसार सोमबार भएको सहमति अनुसार सभापति रवि लामिछानेपश्चात दोस्रो वरियतामा रहने गरी घिसिङलाई उपसभापति दिने सहमति भएको हो।
यस अगाडि रवि लामिछाने सभापति र बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ। स्रोतका अनुसार त्रिपक्षीय सहमतिमा बालेनलाई तेस्रो वरीयतामा राखिने भएको छ। नयाँ सहमतिसँगै हालका उपसभापतिद्वय डीपी अर्याल चौथो र डा. स्वर्णिम वाग्लेको वरीयता पाँचौँमा रहने भएका छन् ।
सोमबार कुलमान घिसिङ र रवि लामिछानेबीच भएको भेटवार्तामा एउटै दलबाट समानुपातिक तर्फको बन्द सूची बुझाएर अघि बढ्न सहमत भएको छ। सोमबार उर्जा मन्त्री कुलमान घिसिङ र रास्वपा रवि लामिछानेबीच भेटवार्तापछि दुवै एउटै दलबाट निर्वाचनमा जान सहमत भएको द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले जानकारी दिए।
सहमतिपत्रमा केहीबेरमा हस्ताक्षर हुने रास्वपाका एक नेताले जानकारी दिए। राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घण्टी भने परिवर्तन नहुने बताइएको छ। गुरुङले भने, ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाइ छोडिम र इतिहासले सम्झनेछ। रवि, बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्।’
सोमबार दिउँसो कुलमानलाई छुटाउन नहुने भन्दै गुरुङ रास्वपा कार्यालयमा पुगेका थिए। सहमतिको ड्राफ्ट केही समयमा सार्वजनिक गर्ने बताइएको छ। थप विवरण आउन बाँकी छ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण