राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी विधानभन्दा बाहिर नजाने बताएका छन्।
समानुपातिक सूची विवादमा परेपछि बुधबार कास्की पुगेका सभापति लामिछानेले परिवारवादमा जान विधानले नै रोक्ने बताएका हुन्।
कुलमान घिसिङसँग अन्तिम घडीमा एकता गर्दा सूची तलमाथि परेको भए मिलाउने पनि उनले बताएका छन्।
‘पछिल्लो परिस्थिति राजनीतिक घटनाक्रमहरू भए। हामी नयाँ हौं। जसरी एक ठाउँमा उभिएर जाने निर्णय अलिकति छोटो समयमा भयो, त्यसले हामीलाई अलिकति तयारीमा हाम्रो समय नपुगेको जरूर हो। हामीले के पनि भनेका छौं भने अहिले सार्वजनिक चासोमा आउनुभन्दा अगाडि नै हामीले यो चाहिँ रिभ्यु गर्ने समय हुन्छ भन्ने कुरालाई मध्यनजर राख्दै अहिले चाहिँ किन भने कुलमानजीसँग हामीले इलेभेन्थ आवरमा गरेका हौं,’ उनले भने, ‘उता सूची बुझाउनु छ, यता सहमति हुँदै थियो। यी विभिन्न कारणहरूले हो। त्यहाँ केही समस्या भएको हो भने हामी हेर्न सकौंला भनेर पनि हो। हामीले हेर्छौं भनेकै छौं।’
रास्वपासँग विधि भएको बताउँदै उनले विधिभन्दा बाहिर कुनै हालतमा पार्टी नजाने बताएका।
‘परिवारवादमा रास्वपा स्पष्ट छ। विधानले नै दिँदैन। कथम् कदाचित् सबै विधिहरू नाघेर कोही जानु नै भएछ भने पनि राइट टु रिकलसम्बन्धी व्यवस्थाको रास्वपा विधानले गरेको छ। यो अभ्यास हामीले अघिल्लो प्रतिनिधि सभामा गरेकै हौं। त्यसले हामी सचेत छौं। सयमले गर्दा अरू पनि केही विवाद छन् कि भनेर हामी कुरिरहेका छौं,’ उनले भने।
‘हामीले केही व्यक्तिको नाम निकाल्ने तयारी गरेका छौं, ११० जना समानुपातिक सूचीबाट १० जना हटाउँदा केही फरक पर्दैन,’ उनले भने ।
विभिन्न पेशा व्यवसायका मानिसको राजनीतिक चेतलाई चुनौती दिन नहुने भन्दै लामिछानेले सबै क्षेत्रको प्रतिनिधित्व प्रतिनिधी सभामा गर्न लागिएको बताए ।
अर्को प्रसंगमा लामिछानेले काठमाडौं महानगरका मेयर बालेन र उर्जामन्त्री कुलमान घिसिङसँग भागवण्डा भन्दा पनि जिम्मेवारीको बाँडफाँड गरेको बताए । बालेनसँग भएको ७ बुँदे सहमतिमा एउटा बुँदा मात्र भागवण्डा देखिएको भन्दै उनले बाँकी बुँदाको पनि अध्यन गर्न आग्रह गरे ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा