काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म गर्ने कार्यतालिका पारित भएको छ ।
शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा प्रस्ताव गरेको कार्यतालिका पारित भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जनाले फरक मत राखेका छन् । फरक मत राख्नेमा सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा कार्यसम्पादन समिति सदस्यद्वय अर्जुननरसिंह केसी र उमा रेग्मी छन् ।
नेपाली कांग्रेसमा दुई दिन यताको रस्साकस्सीले आन्तरिक विवाद चरमोत्कर्षमा पुगेको छ । नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने सन्दर्भमा चर्किएको विवादले ‘पार्टी नै विभाजन हुने त होइन ?’ भन्ने खतरा बढाएको छ ।
प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी महाधिवेशनसम्बन्धी कार्यवाहक सभापति खड्काले राखेको प्रस्ताव बैठकबाट पारित भएको जानकारी दिए । ‘पुसमा प्रस्तावित महाधिवेशन त्यही मितिमा गर्न सम्भव नभएपछि संशोधित कार्यतालिका पास गरेको छ, जसअनुसार वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन हुनेछ,’ उनले सञ्चारकर्मीहरूसँग भने ।
प्रवक्ता महतले कार्यतालिका अनुसार चैत २१ गतेदेखि नै अधिवेशन प्रारम्भ हुने बताए ।
तर, महामन्त्री थापाले भने पुस मसान्तभित्र विशेष महाधिवेशन गरिछाड्ने बताउँदै देशभरका महाधिवेशन प्रतिनिधिलाई काठमाडौँ आउन आह्वान गरे । यद्यपि विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुने कि नगरी हुने भन्ने एक दुई दिनमा टुङ्गो लाग्ने महामन्त्री थापाले बताए ।

सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा