आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) स्याङ्जाले दुई निर्वाचन क्षेत्रबाट २१ जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ । पार्टीका क्षेत्रीय कमिटीका बैठकपछि क्षेत्र नम्बर १ बाट ६ जना र क्षेत्र नम्बर २ बाट १५ जनाको नाम केन्द्रमा पठाउने तयारी गरिएको हो ।
क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटी बैठकले पूर्व सांसद नारायणप्रसाद मरासिनी, पूर्व प्रदेश सांसद मीनप्रसाद गुरुङ, पुतलीबजार नगरपालिकाकी पूर्व नगर प्रमुख सीमा कुमारी क्षेत्री, कुमारी टेकु नेपाली, पिताम्बर खनाल (शुशील) र ईश्वरी सिग्देल अर्याललाई सिफारिस गरेको छ ।
त्यसैगरी, क्षेत्र नम्बर २ बाट पूर्व सांसद महेन्द्र थापा मगर, पूर्व प्रदेश सांसद मोहन रेग्मी, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासंघका महासचिव खिमबहादुर थापा, एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस), डा. बुद्धिमान श्रेष्ठ, शोभियत ढकाल, दिपेन्द्र रेग्मी, उदय श्रेष्ठ, रामचन्द्र भट्टराई, ऋषि कंडेल, विश्वनाथ अर्याल, नाँसिर खाँ, खगिसरा थापा, भूपराज अधिकारी र किशोर विक्रम मल्लको नाम सिफारिस गरिएको छ ।
दुवै क्षेत्रीय कमिटीबाट आएका नामहरू जिल्लाको रायसहित केन्द्रमा पठाइने एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रेले जानकारी दिए । उनका अनुसार जिल्ला कमिटीले सिफारिस भएका नाम नहटाउने भए पनि प्राथमिकता तोकेर केन्द्रमा पठाउने निर्णय गरिएको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने सरकारको निर्णय
सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति आपत्ति
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
बालेन्द्र शाहको तारिफ गर्दै सुनिताले भनिन्: पूर्वमेयर प्रधानमन्त्री हुँदा महानगरको प्रतिष्ठा बढ्यो
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?