भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगले हामी नेपालका संस्थापक सुदन गुरूङसँग बयान लिएको छ।
आइतबार आयोगको कार्यालयमा उपस्थित भएर उनले बयान दिएका छन्।
गुरुङसँगको सोधपुछ नसकिएकाले सोमबार पनि जारी रहने आयोगका एक कर्मचारीले बताए । उनी आन्दोलनमा स्वयंसेवकको रूपमा पुगेका थिए । जेनजी आन्दोलन सफल भएपछि उनले प्रधानमन्त्रीदेखि विभिन्न निकायहरूमा पुगेर विभिन्न माग राखी दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।
सुदन गुरूङले पनि सामाजिक सञ्जालमा आफू हामी नेपालीसँग आवद्ध आर्थिक कारोबार सम्बन्धी हालसम्मका सम्पूर्ण कागजातसहित उपस्थित भएको लेखेका छन्।
आफूमाथि लगाइएका आरोपको सत्यतथ्य प्रमाणका आधारमा स्पष्ट पार्ने उद्देश्यले आफू स्वयं छानबिन प्रक्रियामा अगाडि बढेको गुरूङले बताएका छन्।
आयोगसमक्ष उनले आर्थिक कारोबारसँग सम्बन्धित आवश्यक कागजात प्रस्तुत गर्दै आरोप निराधार रहेको दाबी गरेका छन्।
छानबिन आयोगले प्रस्तुत कागजात र बयानको अध्ययनपछि थप प्रक्रिया अघि बढाउने जनाएको छ।
यसैबीच, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी नेता प्रचण्डलाई आफ्नो भनाइ राख्न पत्र पठाएको आयोगले काठमाडौं महानगरपालिकाका मेयर बोलन शाहलाई पनि प्रश्नावली सहितको पत्र पठाएको छ ।
प्रमुख दुई दलका नेताहरूलाई झै उनलाई पनि आन्दोलनसँग सम्बन्धित प्रश्न पठाइएको हो ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा