काठमाडौँ — राष्ट्रिय सभाको निर्वाचनका लागि पाँच दलबीच भागबन्डा भएको छ । कांग्रेस, एमाले, नेकपा, लोसपा र जसपा नेपालबीच सिट भागबन्डा गर्ने सहमति बनेको हो । लोसपा र जसपा नेपालबीच भने केही दिन अघि एकीकरण गर्ने घोषणा गरिसकेका छन् ।
सिट संख्या भागबन्डा मिले पनि कुन प्रदेशमा कसले कुन क्लष्टरको सिट लिने भन्नेबारेमा अझै टुंगो नलागेको कांग्रेसका एक नेताले बताए । कांग्रेस र एमालेले ७/७ सीट लिने भएका छन् । कांग्रेस नेता एनपी सावदका अनुसार कांग्रेसले प्रत्येक प्रदेशबाट १, १ सिट लिने मोटोमोटी समझदारी भएको बताए । त्यस्तैगरी नेपाली कम्युनिस्ट पार्टीले ३ सीट पाउने भएको छ ।
पार्टी एकीकरण गर्ने घोषणा गरेका लोसपा र जसपा नेपालका लागि एक सिट छुट्टाइएको छ । कांग्रेसले उम्मेदवार छनोटका लागि बुधबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ ।
राष्ट्रिय सभामा फागुन २० गतेबाट १९ सांसद बिदा हुँदैछन् । त्यसमध्ये १८ सिटका लागि बुधबार मनोनयन हुँदैछ भने माघ ११ गते निर्वाचन हुँदैछ ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका वामदेव गौतम पनि बिदाइ हुँदैछन् । उनको ठाउँमा सरकारले सिफारिस गर्नेछ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा