काठमाडौँ । नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले कोशी प्रदेशमा शेरधन राई, मधेस प्रदेशमा लीलानाथ श्रेष्ठ, बागमती प्रदेशमा महेश बस्नेत र राजधानी प्रदेशमा राजन भट्टराईलाई संयोजक तोक्ने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
यसैगरी, गण्डकी प्रदेशमा खगराज अधिकारी, कर्णाली प्रदेशमा यामलाल कँडेल, सुदूरपश्चिम प्रदेशमा गणेश ठगुन्नालाई संयोजक तोकिएको छ । यस्तै, भानुभक्त ढकाललाई संगठन विभागको संयोजक तोकिएको भट्टले जानकारी दिए ।
चुनाव हारेका विष्णु रिमाललाई दियो तीन ठाउँमा जिम्मेवारी
हालै सम्पन्न ११औँ महाधिवेशनमा उपमहासचिव पदमा पराजित भएका नेता विष्णु रिमाललाई पार्टीका तीनवटा महत्वपूर्ण जिम्मेवारी सुम्पेको छ।
बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै गठन गरेका समितिहरू र विभागमा रिमाललाई महत्वपूर्ण भूमिका दिएको हो।
महाधिवेशनमा पदाधिकारीमा पराजित भए पनि अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने रिमाललाई निर्वाचनको तयारीका लागि पार्टीले ‘की’ रोलमा अघि सारेको छ।
जसअनुसार एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठन गरेको ‘निर्वाचन परिचालन कमिटी’ को सचिवको जिम्मेवारी रिमाललाई दिएको छ।
यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठन भएको ‘घोषणापत्र मस्यौदा समिति’ मा पनि रिमाललाई सदस्य तोकिएको छ।
यसका साथै, एमालेको नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षमा पनि रिमाललाई नै चयन गरिएको छ। बैठकले नियमावली संशोधन गर्दै अध्यक्ष ओलीको प्रस्तावमा रिमाललाई प्रतिष्ठानको अध्यक्ष बनाउने निर्णय गरेको हो।
सम्बन्धित खबर
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो