प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच ४ घण्टा छलफल

राजनीति

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच ४ घण्टा छलफल

kp-sushila

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच ४ घण्टा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो दुई जनाबिच भेटवार्ता र लामो छलफल भएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले पुष्टि गरे ।

दिउँसो ११ बजेदेखि साढे २ बजेसम्म प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबिच कुराकानी भएको हो । भेटवार्तामा फागुन २१ को निर्वाचन केन्द्रित छलफल भएको बताइएको छ ।

भेटमा विशेष त निर्वाचन केन्द्रित छलफलका लागि बालुवाटार पुगेका ओलीले त्यसबाहेक प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे समेत चासो राखेका थिए । त्यसक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीसँग समग्र निर्वाचनको तयारी, अवस्था र सुरक्षाबारे चासो राखेका थिए । जवाफमा प्रधानमन्त्रीले सबै प्रबन्ध सरकारले मिलाएको र ढुक्क हुन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसै क्रममा एमाले निर्वाचन केन्द्रित गतिविधिमा सहभागी भएकोमा खुसी प्रकट गर्दै बदलिएको परिस्थितिमा पार्टीको महाधिवेशन समेत गरेर चुनौतीपूर्ण अवस्थामा पनि राजनीतिक गतिविधि गरेकोमा धन्यवाद दिएकी थिइन् । कार्कीसँगको संवादका क्रममा अध्यक्ष ओलीले निर्वाचनको वातावरण बनेको खण्डमा एमाले चुनावबाट नभाग्ने विश्वास दिलाएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ