काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सामाजिक सञ्जाललाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । निर्वाचन आउन ५३ दिन बाँकी छँदा आयोगले सामाजिक सञ्जालमा हुने गतिविधिलाई नियमन गर्ने कडा व्यवस्था गरेको हो ।
आयोगले तयार पारेको आचारसंहितामा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा नक्कली (फेक) एकाउन्ट सञ्चालन गर्न वा नक्कली साइट खोल्न नपाइने उल्लेख छ । विशेषगरी ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोग गरी वा नगरी कसैलाई होच्याउने, दुष्प्रचार गर्ने वा भ्रामक सूचना सम्प्रेषण गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।
आचारसंहिताअनुसार सामाजिक सञ्जालमा द्वेषपूर्ण भाषण (हेट स्पिच) र भ्रामक टीकाटिप्पणी गर्न पाइने छैन । कुनै पनि सूचना वा सामग्रीलाई एआईको प्रयोगमार्फत तोडमोड गरी निर्वाचन प्रभावित गर्ने उद्देश्यले पोस्ट, रिपोस्ट, कमेन्ट, प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन गर्न नपाइने व्यवस्था गरिएको छ ।
आयोगले आफ्नो विश्वसनीयता, पदाधिकारी तथा कर्मचारीको प्रतिष्ठामा आँच आउने गरी लाञ्छना लगाउन पनि निषेध गरेको छ । कसैको चरित्र हत्या गर्ने, व्यक्तिगत लाञ्छना लगाउने वा मानहानि हुने प्रकृतिका सामग्री उत्पादन, प्रकाशन तथा प्रसारण गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।
त्यस्तै, मतदाताको गोपनीयता भंग गर्ने र निर्वाचनको निष्पक्षतालाई प्रभावित पार्ने गतिविधिमा पनि रोक लगाइएको छ । आयोगले यो आचारसंहिता आगामी माघ ३ गतेदेखि लागू गर्ने तयारी गरेको छ ।
सम्बन्धित खबर
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
इभी गाडीले नयाँ वृद्धि भएको भाडा लिन नपाउने
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह