नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बाठा र काठमाडौं महानगरका मेयर बालेन शाहलाई सोझाको संज्ञा दिएका छन्।
बिहीबार काठमाडौंमा आयोजित ४२ औं पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तक लोकार्पण कार्यक्रम सकेर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो टिप्पणी गरेका हुन्।
सञ्चारकर्मीले बालेन शाह झापा जाने तयारी गर्दैछन् नि ?’ भनेर सोधेको प्रश्नमा ओलीले व्यंग्यात्मक शैलीमा छोटो प्रतिक्रिया दिँदै भने- ‘बहुत राम्रो।’
लगत्तै बालेनलाई के सन्देश दिन चाहनुहुन्छ ? भन्ने अर्को प्रश्नमा ओलीले भने, ‘रवि बाठा रैछन्, बालेन सोझा परेछन्।’
किन भने ओलीले यस्तो ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्धाले उनलाई सत्तामा जान रोक्थ्यो। उनी प्रधानमन्त्री वा मन्त्री बन्न पाउँदैन्थे।
त्यसपछि रास्वपा र बालेनबीच आगामी निर्वाचनमा सहकार्य गर्ने र बालेनलाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने समझदारी भएको थियो।
तर, बुधबार मात्र महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्धका यी अभियोगहरूमा मुद्दा नचलाउने वा फिर्ता लिने बाटो खोलिदिएको छ। यदि अदालतबाट पनि यो प्रक्रिया सदर भएमा रविको प्रधानमन्त्री वा मन्त्री बन्ने बाटो खुल्नेछ।
यता, बालेनले भने एमाले अध्यक्ष ओलीको बलियो पकड रहेको झापा क्षेत्र नम्बर-५ बाट चुनाव लड्ने तयारीमा छन्। ओलीसँग चुनाव लड्दा पराजय भोग्नुपर्ने र सांसद नै नभएपछि प्रधानमन्त्री बन्ने बाटो बन्द हुने जोखिम बालेनसामु छ।
कानुनी अड्चन फुकाएर आफू सुरक्षित भई बालेनलाई जोखिमपूर्ण क्षेत्रमा पठाउन रवि सफल भएको अर्थमा ओलीले रविलाई बाठा र बालेनलाई सोझा भनेका हुन्।
यसअघि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले नयाँ राजनीतिक शक्तिहरूप्रति आक्रोश पोखेका थिए। उनले रविलाई ‘ठग’ र बालेनलाई ‘लुसिफर’ को संज्ञा दिएका थिए।
ओलीले भनेका थिए, ‘ठग र लुसिफरहरूले युवालाई देशविरुद्ध उकास्ने काम गरिरहेका छन्। म भन्छु- धेरै धाक नलगाए हुन्छ।’ उनले नयाँ भनिएका शक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरेर समाज भड्काउन खोजेको आरोपसमेत लगाए।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा