नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षलाई आधिकारिता दिने निर्णय दूराशयपूर्ण भएको निष्कर्ष निकालेको छ ।
आयोगको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालत जाने निर्णय भएको नेता प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको देउवा समूहको बैठकले आयोगको निर्णय संविधान, कानून र कांग्रेसको विधानविपरीत भएको निष्कर्ष निकालेको महतले बताए ।
‘हाम्रो बैठकले कांग्रेसको सम्बन्धमा निर्वाचन आयोगले माघ २ गते गरेको निर्णय संविधान प्रचलित कानून र विधानको विरुद्ध गरिएको ठहर गरेको छ,’ महतले भने, ‘ तथाकथित विशेष महाधिवेशनको वैधानिकता नहेरी दूषित मनसायले प्रेरित रहेको ठहर गर्दछ ।’
देउवा पक्षले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा जाने समेत निर्णय गरेको छ । ‘देशको सबभन्दा ठूलो दलको केन्द्रीय समितिलाई अवैधानिक भन्दै तथाकथित विशेष महाधिवेशनको नाममा नेतृत्व परिवर्तन गरेको कुरालाई मान्यता दिने निर्णय कांग्रेसलाई क्षति पुर्याउने देखिन्छ,’ महतले भने, ‘आयोगको दूराशयपूर्ण निर्णयका लागि संवैधानिक र राजनीतिक निरुपण भोलि सर्वोच्च अदालतमा जान्छौं ।’
पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले आयोगले सबै कुराको अध्ययन नगरी निर्णय गरेको भन्दै कानूनी उपचारमा जानुपर्ने निष्कर्ष निकालेको थियो ।
सम्बन्धित खबर
गगनलाई मान्यता दिने निर्णय दूराशयपूर्ण रहेको देउवा पक्षको निष्कर्ष, भोलि सर्वोच्च जाने निर्णय
चुनावमा सामाजिक सञ्जालको निगरानी सेनाले गर्ने, ‘नो नट अगेन’ भन्नेसमेत कारबाहीमा पर्ने
‘आयोगको निर्णय ठाडै अस्वीकार गर्छाैं, आधिकारिक कांग्रेस हामी नै हाैँ’: देउवा पक्ष
रवि लामिछाने पछि जिबी, छवि सहित सहकारी ठगीका सबै अभियुक्तलाई सरकारको राहत
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस आधिकारिक रहने निर्वाचन आयोगको निर्णय
कास्कीका देवराज चालिसे बने गगन नेतृत्वको कांग्रेस प्रवक्ता
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस आधिकारिक रहने निर्वाचन आयोगको निर्णय