काठमाडौं– निर्वाचन आयोगले नेपाली कांग्रेसको अधिकारिकता गगन थापालाई दिएसँगै दुई कम्युनिस्ट घटक संवादमा जुट्न थालेका छन् ।
शुक्रबार आयोगले थापालाई मान्यता दिएसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच संवाद सुरु भएको हो ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच चुनावी गठबन्धनबारे कुरा अघि बढेका बेला गगनले पार्टीको कमान्ड खोसेपछि राजनीतिक परिस्थिति फेरिएको छ ।
गगन कुनै दलसँग चुनावी तालमेल गर्ने पक्षमा छैनन् । उनैले यसअघिको महासमिति बैठकमा अबका कुनै चुनावमा तालमेल नगर्ने निर्णय गराइसकेका छन् ।
कांग्रेससँग मिल्ने बाटो बन्द भएपछि एमालेले अर्को कम्युनिस्ट घटक नेकपासँग संवाद थालेको हो । यही क्रममा एमाले अध्यक्ष ओलीले शुक्रबार राति भरतपुर महानगरपालिकाको भवन उद्घाटन गर्न चितवन पुगेका दाहालसँग संवाद गरेका हुन् ।
ओलीले दाहलासँगको फोन संवादमा अहिलेकै अवस्थामा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउन नसकिने भएकाले नयाँ मिति तोक्ने वातावरणका लागि मिलेर प्रस्ताव ल्याउनेबारे कुरा गरेका हुन् ।
कांग्रेस फुटको विवादमा निर्वाचन आयोगको निर्णय आए पनि शेरबहादुर देउवा पक्ष आइतबार सर्वोच्च अदालत जाने सम्भावना छ । यस्तो अवस्थामा यो मुद्दा केही समय अड्किए प्रत्यक्षतर्फ पुस ६ मा उम्मेदवारी मनोनयन रोकिन सक्छ ।
ठूला दलले ताप्लेजुङदेखि दार्चुलासम्मका २२ वटा हिमाली जिल्लामा फागुन २१ गते चुनाव हुन नसक्ने बताइरहेका छन् ।
अर्कातिर निर्वाचन आयोगको सिफारिसमा सरकारले मिति तोक्नुपर्ने संवैधानिक व्यवस्था विपरित गत भदौ २७ गते अन्तरिम सरकार गठन नै नभई राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीको सल्लाहमा मिति घोषणा गरिनुलाई पनि दलहरूले कानुनी रूपमा अनुचित भनिरहेका छन् ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु