आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ । एमालेले निर्वाचन क्षेत्र नम्बर १ बाट मिनप्रसाद गुरुङलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर २ बाट खिमबहादुर थापालाई उम्मेदवार चयन गरेको हो ।
स्याङ्जा–१ का उम्मेदवार गुरुङ गण्डकी प्रदेश सभाका पूर्व सांसद हुन् । लामो समयदेखि राजनीतिसँगै सामाजिक संघ–संस्थामा सक्रिय रहँदै आएका उनी एमाले स्याङ्जाको पूर्व अध्यक्षसमेत भइसकेका छन् । संगठन निर्माण र स्थानीय तहमा पार्टी विस्तारमा योगदान पुर्याएको भन्दै पार्टीले उनलाई उम्मेदवार बनाएको जनाएको छ ।
यस्तै, स्याङ्जा–२ बाट उम्मेदवार बनेका खिमबहादुर थापा हाल कालिगण्डकी गाउँपालिकाका अध्यक्ष छन् । उनी दोस्रो कार्यकालका लागि गाउँपालिकाको नेतृत्व गरिरहेका छन् । थापा २०७४ र २०७९ सालमा अध्यक्षमा निर्वाचित भएका थिए । गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय महासचिवसमेत रहेका थापा हालै सम्पन्न एमालेको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । एमालेले संगठनात्मक क्षमता र स्थानीय तहमा कामको अनुभवका आधारमा उनलाई उम्मेदवार छनोट गरिएको जनाएको छ ।
एमालेले उम्मेदवार टुङ्ग्याएसँगै स्याङ्जामा निर्वाचनको माहोल थप तातेको छ । अन्य राजनीतिक दलहरू पनि आ–आफ्ना उम्मेदवार छनोट गर्ने तयारीमा जुटिरहेका छन् ।
सम्बन्धित खबर
‘रास्वपाको पतन उदय जत्तिकै छिटो हुन्छ’ – एमाले महासचिव पोखरेल
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
संकटको बेला सरकारले नै सर्वदलीय बैठक बोलाउनुपर्थ्यो : शंकर पोखरेल
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
संवेदनशील विषयमा रास्वपा नेतृत्वको सरकार किन समाधानतर्फ अग्रसर हुन सकिरहेको छैन ?: प्रचण्ड
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन