राजीनामापछि हर्कले भने- आजदेखि म मेयर साप रहिनँ, धराने जनता भएँ

राजनीति

राजीनामापछि हर्कले भने- आजदेखि म मेयर साप रहिनँ, धराने जनता भएँ

harka sampang

धरान उपमहानगरपालिकाको नगर प्रमुख पदबाट राजीनामा दिएपछि हर्क साम्पाङले अब आफू साधारण जनता भएको प्रतिक्रिया दिएका छन्।

आइतबार पदबाट राजीनामा दिएलगत्तै सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले अब आफू मेयरको भूमिकामा नरहेको जानकारी गराएका हुन्।

उनले लेखेका छन्, ‘आजबाट म मेयर साप रहिनँ है ! म आजदेखि धराने जनता ! जय माटो ! जय देश !’

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले आजै उपमेयर समक्ष आफ्नो राजीनामा बुझाएका थिए।

उनको राजीनामा उपमहानगरपालिकामा दर्ता भइसकेको छ।

स्वतन्त्र उम्मेदवारका रूपमा धरानको मेयर जितेका साम्पाङले कार्यकाल पूरा नहुँदै संसदीय राजनीतिमा होमिन पदत्याग गरेका हुन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ