फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका दुई मन्त्रीले सोमबार राजीनामा दिँदैछन्।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिन लागेका हुन् ।
उनीहरुले चुनाव लड्नका लागि राजीनामा दिने जानकारी प्रधानमन्त्री सुशीला कार्कीलाई पनि गराइसकेको अर्का एक मन्त्रीले पुष्टि गरे।
प्रधानमन्त्री कार्कीले पनि यस बारेमा अन्य मन्त्रीहरुलाई पनि भनिसकेकी छन्। अर्का मन्त्रीले पनि राजीनामा दिने सम्भावना छ।
प्रधानमन्त्री कार्कीले राजीनामा दिएर चुनाव लड्ने तयारीमा तीन जना मन्त्री रहेको अन्य मन्त्रीहरुसँग पनि भनेकी छन्। तर उनको पक्का भइसकेको छैन। दुई मन्त्रीले भने सोमबार राजीनामा दिने पक्का भएको हो।
उनीहरू दुवैजना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्दैछन्।
यसअघि उर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले राजीनामा दिएका थिए। उनी उज्यालो नेपाल पार्टीका अध्यक्ष पनि हुन्। घिसिङले पनि चुनावमै उम्मेदवार बन्न राजीनामा दिएका हुन्।
चुनावमा उम्मेदवार बन्नकै लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र सुनसरीको धरान उपमहानगरपालिका मेयर हर्क सम्पाङले राजीनामा दिएका छन्।
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह