जेन–जी अगुवा तनुजा पाण्डेले निवर्तमान मन्त्रीहरू कुलमान घिसिङ, बब्लु गुप्ता र जगदीश खरेलहरू चरम अवसरवादका जिउँदा उदाहरण भएकाे बताएकी छिन् ।
सामाजिक सञ्चालमा आफ्नाे धारणा सार्वजनिक गर्दै उनले चुनाव गराउने दायित्वमा रहेकाे नागरिक सरकारले उनीहरूकाे नियुक्ति गर्दै समस्या सुरुवात भएकाे बताइन् ।
उनले मन्त्री पदबाट राजीनामा गरेर जेन–जी आन्दाेलनकाे नैतिक पुँजी नै लुटेकाे बताइन् । ‘यो सरकार सडकमा गोली खाएका युवाहरू, र परिवर्तनका लागि ज्यान जोखिममा राख्ने नागरिकहरूको बलिदानबाट उभिएको एउटा ‘नागरिक सरकार’ थियो’, उनले भनिन्, ‘यस्तो ऐतिहासिक क्षणमा मन्त्री हुनु भनेको पद पाउनु मात्र होइन, आन्दोलनप्रतिको प्रतिबद्धता र सत्ता संयमको परीक्षा पास गर्नु थियो । तर सत्ता हात परेपछि पार्टीको झण्डा बोकेर निस्कनु, संगठन निर्माणमा लाग्नु र अन्ततः दलीय राजनीतिमै विलय हुनु यो विश्वासघात हो ।’
उनले मन्त्री पद राजनीति गर्ने भर्याङ बनाएकाे भन्दै तीव्र आक्राेश पाेखेकी छिन् । उनले भनिन्, ‘दलकै शरणमा जानु थियो भने गैरदलीय, स्वतन्त्र र विज्ञको मुखौटा किन ? के शहीदको रगत तपाईंहरूको राजनीतिक करियर सुरक्षित गर्ने भर्याङ मात्र थियो ?’
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए