जेन–जी अगुवा तनुजा पाण्डेले निवर्तमान मन्त्रीहरू कुलमान घिसिङ, बब्लु गुप्ता र जगदीश खरेलहरू चरम अवसरवादका जिउँदा उदाहरण भएकाे बताएकी छिन् ।
सामाजिक सञ्चालमा आफ्नाे धारणा सार्वजनिक गर्दै उनले चुनाव गराउने दायित्वमा रहेकाे नागरिक सरकारले उनीहरूकाे नियुक्ति गर्दै समस्या सुरुवात भएकाे बताइन् ।
उनले मन्त्री पदबाट राजीनामा गरेर जेन–जी आन्दाेलनकाे नैतिक पुँजी नै लुटेकाे बताइन् । ‘यो सरकार सडकमा गोली खाएका युवाहरू, र परिवर्तनका लागि ज्यान जोखिममा राख्ने नागरिकहरूको बलिदानबाट उभिएको एउटा ‘नागरिक सरकार’ थियो’, उनले भनिन्, ‘यस्तो ऐतिहासिक क्षणमा मन्त्री हुनु भनेको पद पाउनु मात्र होइन, आन्दोलनप्रतिको प्रतिबद्धता र सत्ता संयमको परीक्षा पास गर्नु थियो । तर सत्ता हात परेपछि पार्टीको झण्डा बोकेर निस्कनु, संगठन निर्माणमा लाग्नु र अन्ततः दलीय राजनीतिमै विलय हुनु यो विश्वासघात हो ।’
उनले मन्त्री पद राजनीति गर्ने भर्याङ बनाएकाे भन्दै तीव्र आक्राेश पाेखेकी छिन् । उनले भनिन्, ‘दलकै शरणमा जानु थियो भने गैरदलीय, स्वतन्त्र र विज्ञको मुखौटा किन ? के शहीदको रगत तपाईंहरूको राजनीतिक करियर सुरक्षित गर्ने भर्याङ मात्र थियो ?’
सम्बन्धित खबर
जेनजी अभियन्ता भन्छन्ः कुलमान, बब्लु र जगदीश चरम अवसरवादका जिउँदा उदाहरण हुन्
प्रतिनिधि सभा निर्वाचनः मनोनयन दर्ता गर्न जाँदा बाजागाजा र कोणसभा गर्न नपाइने
उम्मेदवार मनोनयन आजदेखि: उम्मेदवार मनोनयनका लागि यी कागजात अनिवार्य
चर्चा होस् भनेर मविरुद्ध उम्मेदवारी दिन चाहनेहरू देखिए : ओली
शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
सञ्चारमन्त्री खरेल र खेलकुद मन्त्री गुप्ताले राजीनामा दिँदै
यो पनि पढौँ
संघीयताको कुहिरोमा हराएको स्थानीय सेवा
यी हुन् एमालेका उम्मेदवार : देशभर को- कहाँ ? (सूचीसहित)
गण्डकीमा एमालेबाट टुङ्गिए उम्मेदवार, १८ क्षेत्रमा को-को ?
कांग्रेसको नेतृत्वमा गगन पुगेपछि दुई ठूला कम्युनिस्ट पार्टी संवादमा, चुनावका विषयमा कुराकानी