काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारले आज (शुक्रबार) दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन् । निर्वाचन आउन ४१ दिन बाँकी रहँदा निर्वाचन आयोगले आजै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । फिर्ता लिने समय सकिएपछि दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
यस्तै, अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबी विरोधमा उजुरी दिने समय थियो । परेका उजुरी र मनोनयन पत्रमाथि जाँचबुझ गरी बिहीबार साँझसम्म निर्णय गरेर आयोगले नामावली प्रकाशन गरिसकेको छ ।
देशभरका १६५ निर्वाचन क्षेत्रमा गत माघ ६ गते एकैपटक मनोनयन दर्ता भएको थियो । जसमा ३ हजार ४८६ जनाले उम्मेदवारी दिएका छन् । कुल उम्मेदवारमध्ये ३ हजार ८९ पुरुष, ३९६ महिला र १ जना अन्य रहेका छन् ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा