स्याङ्जा क्षेत्र नम्बर–२ को चुनावी मैदानमा शुक्रबार नयाँ राजनीतिक समीकरण देखिएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार टिकाराम रेग्मीले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार झविलाल डुम्रेलाई समर्थन गर्ने निर्णय गरेको हो ।
रेग्मीले शुक्रबार औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएपछि दुवै दलबीच पहिलो हुने निर्वाचित प्रणालीतर्फ सहकार्य गर्ने र समानुपातिकतर्फ भने आ–आफ्नै पार्टी चिह्नबाट प्रतिस्पर्धा गर्ने सहमति भएको छ । सहमतिलाई जनभावना, विशेषगरी जेन–जेड पुस्ताको चाहना र परिवर्तनको आकांक्षासँग जोडेर हेरिएको रास्वपाले जनाएको छ ।
रास्वपा स्याङ्जा–२ ले विज्ञप्ति जारी गर्दै प्रलोपा नेतृत्वप्रति सहमतिका लागि आभार प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘आमनागरिकको चाहना र परिवर्तनको कदर गर्दै भएको यो सहमतिले स्थानीय राजनीतिमा सकारात्मक सन्देश दिएको छ ।’
यसैबीच, स्याङ्जा–२ का स्वतन्त्र उम्मेदवार घनश्याम पाण्डेय र दिलीप श्रेष्ठले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । तीन जनाले उम्मेदवारी फिर्ता लिएसँगै अब स्याङ्जा क्षेत्र नम्बर–२ मा १२ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
सम्बन्धित खबर
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा