सत्य र न्यायको पक्षमा लाग्दा दुष्टहरूले सधैं अवरोध गर्छन्: ओली

राजनीति

सत्य र न्यायको पक्षमा लाग्दा दुष्टहरूले सधैं अवरोध गर्छन्: ओली

'विमानस्थलमा सुन तस्करलाई जस्तो चेकिङ गरेर मलाई हैरान पारियो'

kp sharma oli normal

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने अझै भन्न नसकिने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूमाथि सरकारले अपमान गरेको आरोप लगाए ।

‘झापाबाट फर्कंदा विमानस्थलमा सुन तस्कर हो कि जस्तो गरी चेकिङ गरेर हैरान पारियो । विदेश जाँदा पनि चिनेका ठाउँमा त्यस्तो गर्दैन । तर हिजो एयरपोर्टमा त्यसरी हेपियो । किन भन्दा माथिबाट आदेश आएको छ रे,’ उनले भने, ‘यो सरकार हामीलाई दु:ख दिने कामतिर लागिरहेको छ । यो सरकार अराजनीतिक र असभ्य छ ।’

सरकारको मति नेताहरुको अपमान गर्ने रहेको ओलीले आरोप लगाए । ‘त्यो व्यवहार ममाथि देखियो । सभ्य संसारमा मामी छैनौं कि जस्तो लागेको छ,’ उनले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ