जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम

राजनीति

जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम

baburam chakre milan

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच कर्णाली प्रदेशका विभिन्न जिल्लामा गठबन्धन गर्ने सहमति भएको छ । एमालेले प्रलोपाका संरक्षकको भूमिकामा रहेका जनार्दन शर्मालाई रुकुम पश्चिममा सघाउने र रुकुम पूर्वमा पनि प्रलोपाका संदीप पुनलाई सघाउने सहमति भएको छ।

आजमात्रै उक्त सहमतिपत्रमा एमालेको तर्फबाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाको तर्फबाट अध्यक्ष दुर्गा सोवले हस्ताक्षर गरेका छन् । यस्तै, कर्णालीमा हुम्ला र जुम्लाबाहेकका जिल्लाहरु र पूरानो राप्ती अञ्चलका जिल्लाहरुमा एमालेका उम्मेदवारहरुको पक्षमा प्रलोपाले मतदान गर्ने सहमति बनेको छ ।

यो सहमति बनेसँगै प्रलोपाको प्रमुख संरक्षकको भूमिकामा रहेका डा. बाबुराम भट्टराईले पनि गोरखा–२ मा एमालेका उम्मेदवार मिलन चक्रेलाई सघाउनुपर्ने बाध्यता आईपरेको छ । गोरखा–२ मा प्रलोपाको तर्फबाट बाबुरामले पनि उम्मेदवारी दिएका थिए । तर, उनले अन्तिम समयमा आएर आफू नलड्ने घोषणा गरेका छन् ।

यद्धपी अहिलेसम्म उनले कसलाई सघाउने भनेर कुनै निर्णय भने लिएका छैनन् । एमाले र प्रलोपाबीच कर्णालीको हकमा चुनावी गठबन्धन गर्ने सहमति भएपछि भने गोरखामा स्वाभाविक रुपमा बाबुरामले पनि एमालेका उम्मेदवारलाई सघाउनुपर्ने बाध्यता छ । सबभन्दा धेरै चुनावी गठबन्धन नै एमालेसँग भएपछि बाबुरामले मिलन चक्रेलाई सघाउनुपर्ने नैतिक बाध्यता आईपरेको छ । यसअघि भने बाबुरामले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपाने र रास्वपाका उम्मेदवार कविन्द्र बुर्लाकोटीमध्ये एकलाई सघाउने चर्चा थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds