पोखरा । राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशमा भएको निर्वाचनमा अन्य र महिला दुवै क्लस्टरमा काँग्रेस एमाले गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।
राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट प्राडा जगत तिमिल्सिना र सम्झना देवकोटा विजयी भएका हुन् ।
आज भएको मतदानबाट नेपाली कांग्रेसबाट उम्मेदवार बनेका जगत अन्य कोटा र एमालेकी सम्झना महिला कोटाबाट सदस्य निर्वाचित भए ।
६०६९ मतभारमध्ये जगतले ५ हजार ३३ मतभार र सम्झनाले ५ हजार १४ मत पाए । निर्वाचनमा एमाले र कांग्रेसबीच गठबन्धन भएको थियो ।
गण्डकीका २२८ मतदतामध्ये २२३ मत खसेको थियो । मतदानमा सहभागी नभएकामध्ये राप्रपाका दुईजना सांसद र सत्ता गठबन्धनका तीनजना पालिका प्रतिनिधि छन् ।
कुल २ सय २८ मतदाता रहेको गण्डकीमा ५ जनाले मतदान प्रक्रियामा भाग लिएनन् । राप्रपाका दुई सांसद पन्चराम गुरुङ र विन्दु पौडेलले निर्वाचन बहिष्कार गरे । स्थानीय तहतर्फ तीन जना जनप्रतिनिधि वालिङकी उपमेयर कविता तिवारी, नार्पाभूमिका अध्यक्ष कोन्जो तेन्जिङ लामा र सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका ढोरपाटनका नगर प्रमुख देवकुमार नेपाली अनुपस्थित रहे ।
यसरी हिसाब गर्दा सत्ता गठबन्धनका उमेदवारले पाँच हजार १०५ मतभार पाउनुपर्नेमा उनीहरूले मतभार कम पाएका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीबाट गोमा लुइँटेल घिमिरे र कपिल लामा तथा राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बास्कोटा र शंकरप्रसाद बरालले उम्मेदवारी दिएका थिए ।
कांग्रेसनिकट प्राध्यापक संघबाट राजीनामा दिएर उम्मेदवार बनेका तनहुँका तिमिल्सिनालाई कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले टिकट दिएका थिए ।
नेकपाकी गोमा लुइँटेल घिमिरेले ९ सय ४१ मतभारमा चित्त बुझाइन् । दुवै विधामा राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरू शंकरप्रसाद बराल र लक्ष्मी बास्कोटाले समान ७६–७६ मतभार प्राप्त गरे ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा