विवादित व्यापारीले दिएको करोडौँको गाडीबारे जवाफ नदिएरै पन्छिए बालेन्द्र

राजनीति

विवादित व्यापारीले दिएको करोडौँको गाडीबारे जवाफ नदिएरै पन्छिए बालेन्द्र

balen-kamal-

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह विभिन्न मुद्दासमेत खेपेका विवादास्पद व्यापारीले दिएको करोडौंको गाडी चढेकोबारे पत्रकारले सोधेको प्रश्न जवाफ नदिई पन्छिएका छन् ।

झापा क्षेत्र नम्बर ५ सहित कोशी प्रदेशका विभिन्न जिल्ला घुमेर आएका उनले आइतबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बनेको घरमा बसेका उनलाई त्यहाँबाट बाहिरिने क्रममा पत्रकारले घेरे।

प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र रणनीतिबारे छलफललका क्रममा साहले यसपालीको चुनावमा रास्वपाले स्पष्ट बहुमत ल्याएर सरकार बनाउने बताए। तर उनैले जवाफदेही नबनी पत्रकारको प्रश्नको उत्तर नदिइ सहयोगी कुमार बेनलाई पछि लगाउँदै सेतो रंगको गाडी चढेर हिँडे ।

कुमार बेनको घरबाट बाहिर निस्किने क्रममा पत्रकारले उनलाई सोधे, ‘तपाईंले व्यापारीले दिएको करोडौंको गाडी चढेको कुरा आएको छ नि, गाडीबारे विवाद आइरहेको छ नि, जवाफ दिनुस् न।’

तर बालेन सकेसम्म पत्रकारले नभेटुन् भनेर हतार हतार गाडीतिर दौडिए । उनलाई पत्रकारबाट जोगाउन सहयोगी छल्दै छल्दै लगे । सुरूमा पत्रकार बुम तेर्स्याउँदै प्रश्न गरे पनि उनी जवाफ दिन तयार भएनन् ।

त्यसपछि अर्को पत्रकारले कडा स्वरमा उनलाई सोध्छन्, ‘आठ करोडको गाडी चढ्नु भएको कुरा आएको छ, यसमा जवाफ दिनुपर्यो नि!’ तर यो कडा प्रश्नको पनि उनी सामना गर्न, प्रतिरक्षा गर्न तयार भएनन् । बरू सहयोगीले घेरिएर अघि बढिरहे । पत्रकारका ती प्रश्नको जवाफ नदिई आफूलाई भावी प्रधानमन्त्री भनिरहेका बालेन चुपचाप ज्वागलबाट गायब भए ।

चुनावको प्रचारप्रसारका लागि बालेनले चढेको बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको कालो रङको ल्यान्ड रोभर डिफेन्डर विवादित व्यापारी कमलकिशोर मालपानीको भएको खुलिसकेको छ ।

जगुरा ल्यान्ड रोभर लिमिटेडको उत्पादन डिफेन्डरको नेपाली मूल्य ८ करोड रुपैयाँको भनिएको छ। तर यस गाडीको वास्तविक बिक्री मूल्य ४ करोड २९ लाख रहेको खुलेको छ । नेपालमा डिफेन्डर ४ युनिट आयात गरिएको छ ।

मालपानी केही वर्षअघि मात्र मानपदवी जनसेवाश्री पदकबाट सम्मानित भएका थिए । उनीविरुद्ध २०७६ सालमा कर छली तथा झुट्टा (नक्कली भ्याट)को मुद्दा रास्व अनुसन्धान विभागले मुद्दा चलाएको थियो।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाका बालेन्द्रले झापा–५ बाट उम्मेदवारी दिएका छन्। जहाँ उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिँदैछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds