निर्देशनमा राजनीतिक दल, तीनका उम्मेदवार (समानुपातिक समेत) र स्वतन्त्र उम्मेदवारहरुले पनि निर्वाचन अवधिसम्मका लागि छुट्टै बैंक खाता खोल्न र सोही खाताबाट निर्वाचनका लागि खर्च गर्न निर्देशन जारी गरेको हो ।
निर्वाचन आयोग नेपालको अनुरोधबमोजिम आमनिर्वाचन सम्पन्न भई निर्वाचन आयोगद्वारा निर्णय गरी बैंक खाता बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने गरी खाता खोल्नुपर्ने छ । ‘निर्वाचन आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरुको सिफारिसमा आमनिर्वाचन अभियान समूह (वा यस्तै मिल्दो अन्य कुनै) का नेपाली मुद्रा (रुपैयाँ पैसा) को आम्दानी खर्च कारोबार गर्नसक्ने गरी प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक समेत) एवम् स्वतन्त्र उम्मेदवारहरुलाई छुट्टै एउटा (एक मात्र) बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाउनहुन यो सूचना जारी गरिएको छ,’ निर्देशनमा भनिएको छ ।
राजनीतिक दल र उम्मेदवारले क, ख र ग वर्गका वित्तीय संस्थामा खाता खोल्नुपर्ने निर्देशनमा उल्लेख छ । तर, हाल कुनै पनि व्यक्ति वा संस्थाले एउटा बैंकमा एकै प्रकृतिको एकभन्दा बढी खाता खोल्न पाइँदैन । तर, राष्ट्र बैंकले आज जारी गरेको निर्देशनमा निर्वाचन प्रयोजनका लागि खोलिने त्यस्ता खातामा उक्त निर्देशन लागू नहुने भएको छ । ‘निर्वाचन अभियानका लागि खोलिने बैंक खाताको हकमा यस बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशन, २०८२ को निर्देशन नं. २१ को बुँदा नं. ४५ मा रहेको बैंक वा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न पाइने छैन,’ निर्देशनमा भनिएको छ, ‘तर, चुनावका लागि खोलिने त्यस्ता खाताको हकमा निर्वाचन आयोगबाट उक्त बैंक खाता बन्द गर्न नलगाउँदासम्म छुट प्रदान गरिएको व्यहोरासमेत अनुरोध छ ।’
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो