भक्तपुर — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा समानुपातिकतर्फको २ करोड ८ लाख ५० हजार प्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए।
केन्द्रले सोमबारबाट प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु गर्ने उनले जानकारी दिए। केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको जनाएको छ ।
प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु
निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ।
सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका अधिकारीहरूले मतपत्र छपाई स्थलजनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाइको कामको निरीक्षण समेत गरेका छन्।
निरिक्षणपछि प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र छपाई सुरु भएको जानकारी दिए।
मतपत्र छाप्ने काम करिब १५ दिनभित्र सम्पन्न हुने उनले बताए। उनले समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको जानकारी दिए। आगामी फागुन ५ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने योजना रहेको भण्डारीको भनाइ छ।
उनले मतदान अघि मतपत्रको सुरक्षाका साथै निर्वाचनको सबै तयारी पूरा गरेको उल्लेख गरे। यसअघि जनक शिक्षाले प्रत्यक्षतर्फ करिब ११ लाख नमुना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाएको थियो।
सम्बन्धित खबर
काठमाडौँ– २ र ९ लाई प्राथमिकतामा राख्दै आशिकाले गरिन् स्वतन्त्र उम्मेदवारी घोषणा
हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव : कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे जिन्दगी जाला
सीएम स्वीमिङ पुल अब नयाँ व्यवस्थापनमा, स्तरोन्नतिसँगै बन्यो ‘पोखरा सेन्ट्रल ओयसिस’
पोखरामा सर्वाधिक पुरस्कार राशिको सेभेन ए साइड फुटबल हुँदै
प्रधानमन्त्री ओली पोखरामा भोलि
अब विकट छैन बागलुङकाे ‘बोबाङ गाउँ’
यो पनि पढौँ
संघीयताको कुहिरोमा हराएको स्थानीय सेवा
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
मनाङमा चिठ्ठा थुतेर कांग्रेस-एमालेले भाग लगाए संघ र प्रदेशमा उम्मेदवारी
कास्कीमा निर्वाचन नसकिएसम्म मेला महोत्सव गर्न रोक