काठमाडौं । चिल्ड्रेन भिजन नेपालले निर्वाचनका क्रममा देखिएका सामाजिक सञ्जालमार्फत फोटो, व्यक्तिगत बैंक विवरण तथा क्यूआर कोडमार्फत चन्दा संकलन र बालबालिकाको प्रयोगबारे आयोगको ध्यानाकर्षण गराएको छ ।
अध्यक्ष रमेश सिलवालले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर यस्तो गतिविधि डिजिटल आधुनिकता जस्तो देखिए पनि दीर्घकालीन रूपमा लोकतन्त्र, राजनीतिक नैतिकता र जनविश्वासका लागि घातक हुन सक्ने भन्दै सचेत गराएका छन् ।
राजनीति सेवा र त्यागमा आधारित हुनुपर्ने भए पनि आर्थिक संकलनको माध्यम बन्दै गएको स्पष्ट नीति, नियम र निगरानी नहुँदा पैसामुखी राजनीति र डिजिटल दुरुपयोग बढ्ने ज्ञापनपत्रमा चेतावनी दिइएको छ ।
पछिल्लो समय बालबालिकालाई जुलुसमा सहभागी गराउने, नारा लगाउन बाध्य पार्ने, प्रचार सामग्री बोकाउने तथा भिडिओ र सामाजिक सञ्जाल सामग्रीमा बालबालिकालाई प्रयोग गर्ने घटना भइरहेकामा संस्थाले चिन्ता जनाएको छ ।
नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय बालअधिकारसम्बन्धी महासन्धिले बालबालिकालाई राजनीतिक दुरुपयोगबाट जोगाउने स्पष्ट व्यवस्था गरेको सिलवालले सम्झाएका छन् ।
यसमा निर्वाचन आयोगले कडा निगरानी, स्पष्ट निर्देशन र कारबाही गर्नुपर्ने उनको माग छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा