प्रहरीको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठक

प्रहरीको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने सरकारको निर्णय

cabinet sushila new

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल माघ १८ गते जापान भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको उपलक्ष्यमा माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

त्यस्तै बैठकले २०८२ फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरिएको प्रवक्ता अर्यालले बताए। मन्त्रिपरिषद्ले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति- २०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds