नयाँतिर हावा चलेकै छ, तर प्रत्यक्ष–समानुपातिक मिलाएर एक नम्बर पार्टी बन्छौँ: प्रचण्ड

राजनीति

नयाँतिर हावा चलेकै छ, तर प्रत्यक्ष–समानुपातिक मिलाएर एक नम्बर पार्टी बन्छौँ: प्रचण्ड

CM Prachanda.jfif

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नयाँ भनिएका दलतिर हावा चले पनि आफ्नै पार्टी पहिलो बन्ने सम्भावना रहेको बताएका छन्।

काठमाडौंमा बस्ने रुकुम पूर्वका नेता कार्यकर्तासँगको भेटघाटका बोल्दै प्रचण्डले यस्तो दाबी गरेका हुन्।

‘मैले के बुझेको छु, भने नेपाली कम्युनिस्ट पार्टी, समानुपातिकमा त भन्न सक्दिनँ। किनभने नयाँ भन्नेहरूतिर अलिकति हावा चलेकै छ,’ प्रचण्डले भने,‘तर प्रत्यक्षमा हामी अगाडि हुन्छौँ। प्रत्यक्ष र समानुपातिक जोड्दा हामी सबैले मेहनत ग¥यौँ भने देशमा फेरि एक नम्बर पार्टी नेपाली कम्युनिस्ट पार्टी बन्ने सम्भावना छ।’

एक नम्बर भए आउने पाँच वर्षमा देशलाई आफूले देखेको सपनातिर डोर्‍याउने उनले बताए । त्यसका लागि काठमाडौंमा बस्ने रुकुम पूर्वका नेताकार्यकर्तालाई जुटिदिन उनले आग्रह गरे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds