काठमाण्डौ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावमा तल्ला तहका जनप्रतिनिधिले राजीनामा दिएर माथिल्लो तहमा प्रतिस्पर्धा गरेको विषय राष्ट्रियसभामा प्रवेश गरेको छ ।
नेपाली कांग्रेसका सांसद पदम परियारले जनप्रतिनिधिहरूले कार्यकाल पूरा हुनुअगावै राजीनामा दिएको विषयप्रति आपत्ति जनाएका हुन् ।
उनले नेपालको संविधानको धारा ८६, १७७ र २१५ अनुसार संघीय सांसद, प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष तोकिएको स्मरण गरे ।
‘आगामी २१ फागनुको निर्वाचनका लागि ३० जनाभन्दा बढी प्रदेश सांसद एवं स्थानीय तहका प्रमुख र उप्रमुखहरूले आफ्नो कार्यकाल सकिनुभन्दा अगाडिनै राजीनामा दिएर निर्वाचनमा होमिने निर्णय गर्नुभएको छ । नेपालको संविधानको धारा ८६, १७७ र २१५ ले सांसदहरूको कार्यवअधी पाँच वर्ष तथा स्थानीय तहका प्रतिनिधिको कार्यअवधि समेत पाँच वर्ष तोकेको छ । भगौडा र धोकेबाज प्रेमीजस्तै यीनिहरूले जनतासँग खाएको वाचा र शपथ खाएको संविधान बिर्सिएका छन्,’ उनले भने ।
जनताबाट प्राप्त जनादेश र संविधानप्रति गरिएको शपथ बिर्सेर पद त्याग गर्ने प्रवृत्तिले राज्यलाई अनावश्यक आर्थिक भार थपिएको बताउँदै विद्यमान कानुनमा संशोधन गर्न सरकार र संसदको ध्यानाकर्षण गराए ।
‘फेरी उपनिर्वाचन गराउन बाध्य पारेर राज्यको ढुकुटिमा करोडौँको भार थपेका छन् । तसर्थ सम्माननीय अध्यक्ष महोदय जनतालाई धोका दिने र आफ्नो जिम्मेवारी नसकिँदै भाग्ने भगौडा राजनीतिलाई रोक्न र संसदीय राजनीतिलाई रोक्न विद्यमान कानुनहरूमा संशोधन गर्न जोडदार माग गर्दछु,’ उनले भने ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण