मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

राजनीति

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

Sushila_Karki1

नवलपरासी : प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिए हिमाली जिल्लाहरुमा दोस्रो चरणमा निर्वाचन हुने बताएकी छन् ।

नवलपरासी (बर्दघाट सुस्ता) पूर्वको कावासोती नगरपालिका–१ हात्तीखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचनका बेला हिमाली जिल्लाहरुमा बढी चिसो बढे दोस्रो चरणमा चुनाव हुने बताइन् ।

सरकारको पुरा ध्यान अहिले निर्वाचनमा केन्द्रित रहेको जानकारी दिंदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘निर्वाचनका लागि सरकारले पूर्ण सहयोग गर्छ, मौसम अनुकूल नभएमा दोस्रो चरणमा चुनाव गर्छौ ।’

प्रधानमन्त्री कार्कीले कम मतदाता भएका ठाउँमा सवारीसाधनबाट मतदाता ओसारेरै भए पनि निर्वाचन गराउने बताइन् । उनले निर्वाचन सार्ने कुनै पनि विषय नभएको बताउँदै चुनाव सफल बनाउन सबैलाई जुट्न आग्रह गरिन् । विशेष परिस्थितिमा हुन लागेको निर्वाचन भएकाले कुनै समस्या आए पनि समाधान गरेर गराइने बताइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds