नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र विकासका लागि नेकपा एमालेको एकल बहुमत आवश्यक रहेको बताएका छन्।
काठमाडौंमा आयोजित नेकपा एमाले झापा-काठमाडौं सम्पर्क कमिटीको निर्वाचन विशेष भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष ओलीले देश बनाउने भिजन र क्षमता एमालेसँग मात्र रहेको दाबी गरे।
उनले भने, ‘सुशासन भनेको शान्ति सुरक्षा हो, भयरहित वातावरण हो। तर आज नागरिक त्रसित छन्, ढुक्कले सुत्न सक्ने अवस्था छैन। व्यवसायी र सर्वसाधारणमा निराशा छाएको छ।’
उनले वर्तमान सरकारले जनतालाई सेवा सुविधा दिन नसकेको र विकास निर्माण ठप्प प्रायः भएको टिप्पणी गरे।
आफ्नो नेतृत्वको सरकारको पालामा देशले विकासको गति लिएको ओलीको दाबी थियो। उनले नाकाबन्दीको सामना गर्दै चीनसँगको नाका खुलाएको, तुइन विस्थापन गरेको, सडक सञ्जाल विस्तार गरेको र सामाजिक सुरक्षाको क्षेत्रमा ऐतिहासिक काम गरेको स्मरण गरे।
‘हामीले ९ महिना र पछि साढे ३ वर्ष सरकार चलाउँदा असाधारण विकास गर्यौँ,’ ओलीले भने, ‘तर अहिलेको सरकारले ती कामहरूलाई निरन्तरता दिन सकेन, देशलाई संकटतर्फ धकेल्यो।’
उनले एमाले विरुद्ध चौतर्फी घेराबन्दी भए पनि एमाले कमजोर नभएको र जनताको साथ रहेसम्म कसैले हराउन नसक्ने जिकिर गरे। कार्यक्रममा उनले पार्टीका नेता तथा कार्यकर्तालाई काठमाडौंमा मात्र नबसी आफ्नो निर्वाचन क्षेत्र र गाउँमा गएर संगठन विस्तारमा लाग्न निर्देशन समेत दिए।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण