प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनमा चुनाव एकैपटक हुने प्रस्ट्याएकी छन् ।
मतपत्र छपाइको अवलोकनको लागि ठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र पुगेर कार्कीले यस्तो बताएकी हुन् ।
अब मतपत्रमा जनताले छाप लगाउन मात्रै बाँकी भएको उनको भनाइ छ । ‘मतपत्र हेरेपछि हामीलाई लाग्यो अब निर्वाचन आयो । अब जनताले छाप लगाउन मात्रै बाँकी छ,’ कार्कीले भनिन्, ‘निश्चिन्त हुनुस् अब चुनाव आयो । चुनाव एकै दिन हुन्छ । दुईपटक गरेर चुनाव हुँदैन, एकैपटक हुन्छ ।’
यसअघि प्रधानमन्त्री कार्कीले मौसमले साथ नदिए उच्च हिमाली जिल्लामा दोस्रो चरणमा चुनाव गर्न सकिने बताएकी थिइन् । कार्कीको अभिव्यक्तिपछि चुनावलाई लिएर अनेक संशय उत्पन्न भएका थिए ।
यसै विषयमा एमाले अध्यक्ष केपी ओलीले पनि बिहीबार बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग छलफल गरेका थिए । समयमा चुनाव गराएर छिट्टै सत्ता हन्तान्तरण गर्ने कार्कीको भनाइ छ ।
प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएकी हुन् । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा अवलोकन निरीक्षणका क्रममा प्रधानमन्त्रीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित निर्वाचन आयोगका पदाधिकारी पनि साथमा थिए ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण