परासी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चुनावी कार्यक्रमअनुसार विभिन्न जिल्ला दौडाहामा छन्। सोही कार्यक्रमअनुसार लामिछाने भोलि (माघ २७ गते) नवलपरासी जिल्लाका विभिन्न ठाउँमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने समय तय गरिएको थियो।
उनको कार्यक्रममा नवलपरासी प्रशासनले रोक लगाएको छ। रवि लामिछाने सहभागी हुने उक्त कार्यक्रम निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै प्रशासनले कार्यक्रम गर्न रोक लगाएको हो।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एंव सहायक प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले निकालेको सूचनामा रास्वपा सभापतिका लागि उक्त कार्यक्रम आयोजना गरिएको सूचना आएकाले उक्त कार्यक्रम गर्दा निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने गरी गतिविधि नगर्न भनिएको छ।
‘प्रशासनले रोक नै लगाएको भन्ने नबुझौं। उक्त कार्यक्रम निर्वाचन प्रचारप्रसारमा पर्ने र प्रचारप्रसारको समय नभएकाले आचारसंहिता विपरीत काम नगरी दिन सम्बन्धित पार्टीलाई भनिएको हो,’ अनुगमन अधिकृत भण्डारीले भने।
पार्टीको जिल्ला समितिले ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ तय गरी सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ। क्षेत्र नम्बर १ र २ मा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म उक्त कार्यक्रम तय गरिएको छ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा