काठमाडौँ — बंगलादेश नेशनल पार्टी (बीएनपी) ले दुई-तिहाई मत ल्याएसँगै तरिक रहमान अब प्रधानमन्त्री बन्ने भएका छन् ।
बीएनपीका संसदीय दलका नेता तरिक रहमानले ४ बजे प्रधानमन्त्रीको सपथ लिनेछन् । मन्त्रीहरुको सपथ पनि यही समय हुनेछ ।
लण्डनमा १७ वर्ष निर्वासनमा बसेका उनी दुई महिनाअघि मात्रै आफ्नी पत्नी र छोरीसहित ढाका फर्किएका थिए ।
उनले यस निर्वाचनमा ढाका-१७ र बगौरा-६ मा उम्मेदवारी दिएका थिए । दुबै ठाउँबाट विजयी भए ।
बंगलादेशमा नयाँ निर्वाचित सांसदहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न भइसकेको छ। मंगलबार बिहान संसद भवनको साउथ प्लाजामा आयोजित समारोहमा सांसदहरूले पद तथा गोपनीयताको सपथ लिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बंगलादेशमा यसपटक निर्वाचित २९७ सांसदमध्ये करिब दुईतिहाइ नयाँ अनुहार रहेको उल्लेख गरेको छ। कुल सांसदको करिब ७० प्रतिशत अर्थात् २०९ जना पहिलोपटक संसदमा प्रवेश गरेका हुन्।
दुईतिहाइ मतसहित बहुमत प्राप्त गरेको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का १३२ सांसद पनि नयाँ रहेका छन्। यसले बंगलादेशको संसदीय राजनीतिमा उल्लेखनीय पुस्तान्तरण भएको संकेत दिएको छ।
आज अपराह्न नयाँ सरकार गठन गर्ने कार्यक्रम रहेको छ। बीएनपीका अध्यक्ष तारिक रहमान प्रधानमन्त्री नियुक्त हुने तयारीमा छन्। रहमान स्वयं पनि यसपटक पहिलोपटक कार्यकारी पद सम्हाल्न लागेका कारण नयाँ नेतृत्वको सुरुआतका रूपमा हेरिएको छ।
बंगलादेशमा नयाँ मन्त्रिहरुका लागि मन्त्रिपरिषद्का अधिकारीहरुले ४७ वटा कार तयार गरेर राखेका छन् ।
ड्राइभरसहित कारहरु तयारी अवस्थामा राखिएको अधिकारीहरुले बताएका छन् ।
नयाँ मन्त्रिहरुलाई यी कारहरु दिइनेछ । सरकारको यातायत विभागबाट यी गाडीहरु आजै बिहान सार्वजनिक प्रशासन मन्त्रालय अगाडि ल्याएर राखिएको ड्राइभरहरुले बताएका छन् ।
४ बजेअघिसम्म यी गाडीहरु संसद् भवनमा पुर्याउने अधिकारीहरुले बताए ।
सम्बन्धित खबर
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण