पोखरा । चुनावी माहोल बुझ्न र आवश्यक सुरक्षा रणनीति तयार गर्न प्रधानमन्त्री सुशीला कार्की शुक्रबार बिहान हेलिकप्टर मार्फत् पोखरा आएर ब्रिफिङ लिएकी छन् ।
प्रधानमन्त्री कार्की पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा पनि सहभागी भइन्। पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहपछि उनी गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठकमा सहभागी भइन् ।
प्रधानमन्त्री कार्कीले गण्डकी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरूसँग चुनावी तयारी, संवेदनशीलता र आवश्यक रणनीतिको विषयमा जानकारी लिनुका साथै छलफल गरेकी थिइन् ।
प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा प्रधानमन्त्री सुशीला कार्कीले गण्डकी प्रदेशको सुरक्षा तयारीबारे उच्चस्तरीय जानकारी लिएकी हुन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रदेशस्तरीय सुरक्षा संयन्त्र, निर्वाचन तयारी र समन्वयका विषयमा प्रधानमन्त्री कार्कीलाई विस्तृत ब्रिफिङ गरिएको हो।
प्रदेश प्रमुख सचिव डण्डुराज घिमिरे, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे, प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल तथा प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा अवस्था, संवेदनशील क्षेत्रको पहिचान, मतदान केन्द्रको व्यवस्थापन र शान्तिपूर्ण मतदान सुनिश्चित गर्ने रणनीतिबारे जानकारी गराएका थिए।
प्रदेश प्रमुख सचिव घिमिरेका अनुसार गण्डकी प्रदेशमा सुरक्षा संयन्त्रसहितको ‘निर्वाचन सेल’ सक्रिय छ, जसले निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिको निगरानी र समन्वय गरिरहेको छ। “उहाँलाई हालसम्म भएका तयारीबारे जानकारी गराइनुका साथै आवश्यक निर्देशन पनि प्राप्त गरिएको छ,” उनले भने।
प्रधानमन्त्री कार्की साँझ पोखराबाट बुटवल पुगेकी छन् । गण्डकी प्रदेशको मुस्ताङस्थित मुक्तिनाथको दर्शन गरी स्थानीय स्तरमा चुनावी अवस्था बुझ्दै प्रधानमन्त्री कार्की शुक्रबार नै बुटवल गएकी छन् ।
शनिबार बिहान लुम्बिनी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुख, निर्वाचनमा खटिने सुरक्षाकर्मी, सरोकारवालाहरूसँग बुटवलमा छलफलको कार्यक्रम तय भएको छ ।
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’