पोखरा । सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गर्दा आफ्नो छोराको विद्यालयको बिल तिर्न नपाएको भन्दै पोखरामा सहकारीपीडित रास्वपा उम्मेद्वारमाथि खनिएका छन् ।
पोखरामा शनिबार आयोजित उम्मेद्वारसँगको संवाद कार्यक्रममा सूर्यदर्शन सहकारीका बचतकर्ता कृष्णप्रसाद जैसीले कास्की निर्वाचन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेद्वार बिना गुरुङलाई आफ्नो छोराको विद्यालयको बिल थमाएका छन् । आफ्नो बचत हिनामिना हुँदा आफूले पैसा तिर्न नसकेको जैसीको भनाइ थियो ।
उनले बिनालाई विद्यालयको ८० हजार रुपैयाँको बिल दिएका थिए । आफ्नो छोराले वार्षिक परीक्षा नै दिन नपाउने अवस्था रहेको उनको दुःखेसो थियो ।
उम्मेद्वार गुरुङले पार्टी सभापतिलाई उक्त बिल बुझाउने प्रतिक्रिया दिइन् । उनले सभापतिको बचाउमा केही बोलिनन् । संवाद कार्यक्रममा बिनाको प्रस्तुति निकै फितलो थियो । उनलाई प्रश्नको उत्तर सामना गर्न निकै असहज भएको देखिन्थ्यो । ‘मभन्दा अग्रज यहाँ भएर उहाँहरुको अगाडि बोल्न सकिनँ होला । तर, यसको मतलब म केही काम गर्न सक्दिनँ भन्ने होइन,’ उनले आफ्नो बचाउमा बोलिन् । प्रश्नको उत्तर दिने क्रममा उनी बारम्बार अक्मकाएकी थिइन् । उनीमाथि पार्टीलाई ६० लाख रुपैयाँ दिएर टिकट ल्याएको विषय पनि संवादको क्रममा उठेको थियो ।
उनले टिकट पाएकोमा रास्वपाका नेता–कार्यकर्ता नै चकित छन् । कास्की–३ रास्वपाका जिल्ला सभापति यदुनाथ अधिकारीको निर्वाचन क्षेत्र हो । उनले टिकट पाउने चर्चा भइरहँदा बिना उम्मेद्वार बनेपछि कास्कीमा सभापति अधिकारी पक्षधर असन्तुष्ट छन् ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा