रास्वपाले ध्वनी प्रदुषण हुनेगरी घण्टी बजाएर निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप

राजनीति

रास्वपाले ध्वनी प्रदुषण हुनेगरी घण्टी बजाएर निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप

balen ghanti

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी घण्टी बनजाउँदै निर्वाचन आचासंहिता उल्लंघन गरेको आरोप लगाएका छन् ।

प्रवक्ता श्रेष्ठले वक्तव्य जारी गर्दै रास्वपाले जताततै घण्टी बजाएर ध्वनी प्रदुषण गराएकोमा निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका छन् । उनले राजा बिरेन्द्रको शालिकमाथि चढेर झण्डा जलाउने काम समेत रास्वपाले गरिरहेकोमा आपत्ति जनाएका छन् ।

श्रेष्ठको वक्तव्यमा भनिएको छ–’निर्वाचन आचारसंहिताको पालना गर्ने, गराउने सवालमा गम्भीर हुन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछौं। घण्टी चिन्ह हुने दलले ध्वनि प्रदुषण हुने गरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लंघन गरिरहँदा आयोगले नदेखेजस्तो, नसुनेजस्तो गरिरहनु विडम्बनापूर्ण छ। खुकुरी चिन्ह हुने दलले घण्टी बजाउँदै हिडेजस्तो खुकुरी नचाउँदै हिड्ने, डोजर चिन्ह हुने दलले सडक र राजमार्ग अवरुद्ध हुने गरी डोजर चलाउँदै हिड्ने अवस्था आयो वा हिड्यो भने निर्वाचन आयोगका लागि त्यो पनि स्विकार्य हुनसक्छ ?’

प्रवक्ता श्रेष्ठले रास्वपाले गरेका पछिल्ला दुर्व्यवहार, झण्डा जलाउने, शालिकमाथि चढ्नेजस्ता गतिविधिप्रति सार्वजनिकरुपमा माफी माग्नुपर्ने समेत बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ