नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा आफ्नो पार्टीले स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन्।
राजधानीमा आयोजित पार्टीको एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खनालले नेकपाले १३८ सिटसहित सरकार बनाउने जिकिर गरेका हुन्।
‘नेकपाले आगामी निर्वाचनमा १३८ सिटसहित बहुमत ल्याउँछ,’ खनालले भने, ‘हाम्रो पार्टी राष्ट्रिय दल मात्र होइन, देशकै निर्णायक शक्तिको रूपमा उदाउँदैछ।’
रास्वपाका वरिष्ठ नेता बालेन शाहको विषयमा सोधिएको प्रश्नमा संक्षिप्त जवाफ दिँदै खनालले भने, ‘बालेन शाहले हार्नु त राम्रो कुरा हो, तर हेरौं अन्ततः के हुन्छ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचार र सक्रियताका बारेमा टिप्पणी गर्दै खनालले यसलाई विदेशी चलखेल भएको बताए।
उनले रास्वपाको लहरले आफ्नो पार्टीलाई कुनै असर नगर्ने दाबी गरे। ‘यो सब विदेशीहरूको चलखेल हो, यसले नेपाली राजनीतिमा केही फरक पार्नेवाला छैन,’ खनालले थपे, ‘उनीहरूको धेरै ठाउँमा शर्मनाक हार हुनेछ, तपाईंहरू हेर्दै जानुहोला।’
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै निर्वाचनमा पराजित हुने स्थितिमा पुगेको भनी आएका समाचारहरूलाई उनले नियोजित हल्ला भएको बताए। उनले पार्टीको नेतृत्व र एजेन्डाप्रति जनताको पूर्ण विश्वास रहेको दाबी गर्दै नेकपाको विजय यात्रालाई कसैले रोक्न नसक्ने बताए।
सम्बन्धित खबर
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा