झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा आउने वित्तिकै देश कुद्ने दावी गरेका छन् ।
झापाको दकममा सोमबार कोशीको नेशनल भोलिन्टियर्स फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले सरकार छाडेपछि देश जहाँको त्यहि बस्ने र केहि नहुने बताउँदै भने, ‘अनि म फेरि सरकारको नेतृत्वमा फर्कन्छु, काम अघि बढ्छ । मलाई सरकारबाट हटाएपछि ड्राइभर बिनाको गाडी जस्तो हुन्छ देश ।’
कतिपयले आफूलाई किन उम्मेदवार बन्नु भएको ? भनेर प्रश्न गरेको बताउँदै अधुरा काम पूरा गर्नका लागि भएको बताएका छन् । ‘कतिपयले मलाई सोध्ने गर्छन्, तपाईंले धेरै काम गर्नु भएको छ, यतिधेरै विकास गर्नु भएको छ, अब फेरि किन उम्मेदवार हुन प¥यो र ? काम धेरै भएको छ, तर अझै धेरै गर्नुपर्ने छ । अधुरा काम गर्नुपर्ने छ । त्यसकारण हो,’ ओलीले जिकिर गरे ।
आफूले सरकारको नेतृत्व गर्ना साथ व्यापक काम हुने र त्यो देशेपछि विरोधीहरू थर्कमान हुने ओलीले बताए । ‘मैले काम गर्न थाल्छु, काम व्यापक भएको देखेपछि विरोधीहरू थर्कमान हुन्छन् । भूमिगत गिरोह पनि थर्कमान हुन्छ,’ अध्यक्ष ओलीले भने, ‘त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाउने रे । काम रोकिन्छ, काम बन्द हुन्छ, फेरि म आउन पर्छ ।’
अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ बालेन्द्र शाहलाई लक्षित गर्दै बच्चाले जस्तै प्रधानमन्त्री बन्छु भनेको कटाक्ष गरेका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री बन्न भिजन चाहिने बताएका छन् । प्रधानमन्त्रीका उम्मेदवारबारे चर्चा गर्दै ओलीले भने, ‘बच्चालाई के हुने भनेर सोध्यो भने प्रधानमन्त्री पनि भन्छ, राष्ट्रपति पनि भन्छ । केही मान्छेलाई यस्तै लाग्यो प्रधानमन्त्री बन्ने भनेका छन् ।’
आउँदो प्रतिनिधि सभाको चुनावमा एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । त्यस्तै रास्वपाले शाहलाई र नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । त्यसबारे चर्चा गर्दै ओलीले प्रधानमन्त्री बन्न बच्चाले भने जस्तो नहुने टिप्पणी गरेका हुन् । ‘हामी प्रधानमन्त्री हुन भिजनसहित आएका छौँ,’ ओलीले भने ।
कसैले बुथ कब्जाको कल्पना नगरे हुन्छ
ओलीले अब कसैले चुनावमा बुथ कब्जा गर्ने कल्पना नगरे हुने बताए । उनले नेकपा एमालेले कसैलाई बुथ कब्जा गर्न नदिने चेतावनी दिए ।
‘कसैले बुथ कब्जा गर्छु भन्छ भने कल्पना नगरेर हुन्छ । बुथ कब्जा गर्ने छुट दिइने छैन,’ ओलीले भने, ‘कसैले बुथ कब्जा गर्न पाउने पनि छैन ।’
त्यसका लागि भोलिन्टियर्स फोर्स गठन गरिएको उनको भनाइ थियो । उनले हरेक बुथमा भोलिन्टियर्स राख्ने बताएका छन् । उनले देशभरका हरेक बुथमा कम्तिमा ३० जना भोलेन्टियर्स राख्न समेत निर्देशन दिए । प्रहरी र सरकारलाई शान्ति सुव्यवस्था कायम गर्न फोर्सले सहयोग गर्ने उनको भनाइ थियो । उनले टोलटोलमा भोलेन्टियर्स फोर्स गठन गर्न निर्देशन दिंदै यसका लागि पार्टीले आवश्यक सहयोग गर्ने बताए । उनले फोर्सलाई स्थानीय पार्टीले पनि हस्तक्षेप गर्न नहुने बताए ।
एमालेले आफ्नो नेतृत्वमा देशका धेरै विकासका काम गरेको पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले दावी गरे । उनले देशको जुनसुकै कुनामा गए पनि एमालेले के गर्यो भनेर सोधे जवाफ पाइने बताए । अध्यक्ष ओलीले भने, ‘जहाँ उभिएको छ, त्यो ठाउँबाट हेरे एमालेले गरेको विकास सजिलै देखिन्छ ।’ अध्यक्ष ओलीले गर्भमा हुँदादेखि अन्तिम सँस्कारसम्मका लागि एमालेले नागरिकका पक्षमा काम गरेको दावी गरेका छन् । उनले किशोर–किशोरी, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएकाहरुको पक्षमा एमालेले काम गरेको बताएका छन् ।
सम्बन्धित खबर
म सरकारबाट हट्नासाथ देश ड्राइभर बिनाको गाडी जस्तो हुन्छ: ओली
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
गगनसँग भेटेपछि रास्वपाका मकवानपुर सभापति पराजुलीले दिए राजीनामा
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
पोखराको लिचीबारी भ्रष्टाचार प्रकरण: रन्जिता श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश
बालेन शाहले हार्नु राम्रो हो, के हुन्छ हेराैंला: झलनाथ
यो पनि पढौँ
अतितका परिवारले भन्योः कार मिलिन्द तुलाचनले चलाएका हुन्, २ जनाले घरबाट लिएर गएका थिए
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
बालेनलाई कारबाहीसहित नागरिकता रद्दको माग गर्दै युवराज सफलले दिए उजुरी